logo

उपचार नगर्ने शिक्षण अस्पताललाई कोभिड उपचार केन्द्र बनाउन केन्द्र संग माँग

      8/8/2020 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साले बीरगंजमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय शैय्यामा कोभिड उपचार ब्यवस्थापन केन्द्र बनाएर अस्पतालको रुपमा संचालन गर्नकालागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्र तथा संघीय स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा  अनुमती माँग गरेको छ । 

 


जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको हिजो बसेको बैठकल सरकारसंग अनुमती लिनकालागि निर्णय गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका संक्रमीतहरुको संख्या बढदै गइरहेको अवस्थामा उपचारकेन्द्र अभाव भएकोले जिल्लामा रहेको ठुलो अस्पताल शिक्षण अस्पतालको ३ सय बेड कोभिड उपचार केन्द्र बनाउन आवश्यक दखिएको भन्दै सरकारलाई अनुमतीकालागि पत्राचार गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक तथा नेकपाका नेता समेत रहेका बसरुदिन अन्सारीले सरकारले ०७६ चैत ११ मा लकडाउन लगाउनु भन्दा पहिलानै आफनो अस्पतालमा ५० बेडको आइसीयु सहितको आइसोलेशन वार्ड दिने सार्वजनीक प्रतिवद्धता गर्नु भएको थियो । चैत १७ गते कलैया उपमहानगरपालिका वडा नं २२ का २५ वर्षिय बिजय कुशवाहालाई १५ गते भर्ना गरेर १६ गते रेफर गरिएको थियो ।

 

बिरामीमा ज्वरो र खोकी देखिएपछि अस्पतालले उपचार गर्न मानेन । कुशवाहालाई अस्पतालहरु चहार्दै काठमाण्डौ पुर्याएपछि मृत्यु भएको थियो । नेशनल मेडिकल कलेजले आफैले घोषणा गरेको ५० बेडको आइसोलेशन त दिएन दिएन बिरामीलाई उपचार समेत गरेन । बिरामीलाई उपचार नगर्ने उसको रबैयामा कुनै परिर्वतन नआउदा अन्य बिरामीले पनि ज्यान गुमाउनु परेको छ । 


प्रधानमंत्री के.पी.ओलीसंगको सम्बन्धलाई देखाएर मनपरि गर्दै आएको नेशनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारसंग अनुमती माँगेर जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साले केन्द्र सरकारलाई  समेत परिक्षणको बिन्दूमा पुर्याएको छ । यो अवस्था आउनुको पछाडि शिक्षण अस्पताल र त्यसका संचालक नै कारक रहेको स्थानीय प्रशासनको बुझाई छ ।

बीरगंज महानगरको वडा नं  ११ श्रीपुरका ५७ वर्षिय चलितर महतो, वीरगन्ज ३ छपकैयाका ७४ वर्षिय जोखु साह सोनार र वीरगन्ज २ छपकैयाका २० वर्षीय युवती विष्णु लामाको अस्पतालले भर्ना नदिँदा उपचारको अभावमा ज्यान गुमाएका छन ।

 

यि तीनै जना बिरामीलाई उपचारकोलागि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो तर अस्पतालले उपचार गर्न मानेन । उनीहरुको मृत्यु भयो । कोभिड नेगेटिभ भएका  र कोभिड पुष्टि नभएका बिरामीलाई शिक्षण अस्पतालले उपचार नगर्नु अपराधीक काम भएको जसपा पर्साका सचिव तवरेज अहमद बताउनु हुन्छ । 

 


स्थानीय प्रशासनले नेशनल मेकिडल कलेजलाई कोभिड अस्पतालको रुपमा संचालनकोलागि  अनुमती माँग गर्नुलाई बीरगंजमा सकारात्मक रुपमा लिइएको छ । सामान्य रोगका बिरामीलाई शिक्षण अस्पतालले उपचार नदिने हो भने त्यो अस्पताललाई कोभिड अस्पताल बनाउने स्थानीय प्रशासनको माँगलाई केन्द्र सरकारले स्वीकार गर्नु पर्ने बिचार ब्यक्त गर्नु हुन्छ बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई । चौगाई अस्पताल लिनु एउटा पक्ष भयो तर उपचार नगर्नेहरुलाई हत्या आरोपमा कारवाही गर्नु पर्ने बताउनु हुन्छ ।


नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भई आकस्मिक बाहेक नियमित सेवा प्रवाह अवरुद्ध भएकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.