logo

अस्पतालाद्वारा  बन्धक बनाइएकी पासवानलाई साँसद लुङेलीको नेतृत्वमा गरियो उद्धार

      9/12/2020 गते 00 00 मा प्रकाशित     797   पटक पढिएको

उपचारको रकम तिर्न नसकेर अस्पतालबाट घर र्फिकन नपाएकी एक महिलाको सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित नेकपा नेतृ बेचु लुेङेलीको र उहाँका सहयोगीले उद्धार गरेका छन । 


सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–५ की कुसुम पासवनाको उद्धार गरिएको हो , पासवानको शल्यक्रिया गरी छोराको जन्म भएको थियो । उपचारको क्रममा  अस्पतालाई बुझाउनु पर्ने ३५ हजार शुल्क अभावमा पासवान ४ दिन देखि अस्प्तालमै घेरिनु भएको थियो  ।

 

भदौ १६ गते अस्पताल भर्ना भएकी कुसुम २२ गते डिस्चार्ज हनु भएको थियो । तर, अस्पतालको शुल्क बुझाउन नसक्दा अस्पताल प्रशासनले उहाँलाई नर्मल वार्डमा राखेर घर जानबाट रोकेको थियो । 


जनकपुरधाम स्थित चन्द्रकला अस्पताल एण्ड रिसर्च सेन्टरमा पासवान बन्धक भएको थाहा पाएपछि सांसद लुङेलीले अस्पताललाई बुझाउनु पर्ने रकमको प्रवन्ध मिलाउने अग्रसरता लिनु भएको थियो । सासद लुङेलीले महिला सञ्जालको सहयोगमा पैसा संकलन गरी सुत्केरी महिलालाई शुक्रबार उद्धार गरिएको हो ।

 

शुक्रबार बिहान चिया खान भेला भएका साथिहरुबाट ३३ हजार नगद संकलन गरी अस्पताल र औषधीको पैसा भुक्तानि गरेर सुत्केरी महिलाको उद्धार गरेको प्रदेश सांसद लुंगेलीले बताउनु भयो ।

गरिबिका कारण अस्पतालमा बन्धक बनेको जानकारी वडा कार्यालय र नगरपालिकालाई गराएपनि कुनै व्यवस्था हुन नसक्दा लालबन्दीका युवा, महिला र अधिकारकर्मीको प्रयासमा अस्पतालको शुल्क बुझाएर आमा र शिशुको स्यहारकालागि समेत आर्थिक सहयोग गरीएको सांसद लुंगेलीले बताउनु भयो  ।

 

चन्दा संकलन गरेर अस्पतालको शुल्क बुझाउन आउँदा अस्पताले ३५ हजार शुल्क मध्ये १५ हजार छुट गरेको महिला अधिकारकर्मी शारदा वान्तावाले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको छ ।

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.