काठमाण्डौ । संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हना सिङ्गर हम्दीले पत्रकारहरुलाई तिब्रगपतमा परिर्वतन भइरहेको डिजिटल युगमा काम गर्न स्रक्ने उपकरणहरु प्रदान गर्न सक्नु पर्ने बताएकी छिन ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५को अवसरमा काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको उदघाटनमा उनले यस्तो बताएकी हुन ।
प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा सम्मेलनमा गहन छलफल भएको थियो ।
कृत्रिम बुद्धिमत्ता र प्रेस स्वतन्त्रताबीचको सम्बन्धमा गहिरो छलफल भएको कार्यक्रममा हाम्दीले कृत्रिम बुद्धिमत्ताको प्रयोग पत्रकारिताको र पेशागत सुरक्षाकोलागि प्रयोग हुनु पर्नेमा जोड दिइन । उनले सिमान्तकृत र महिला पत्रकारहरुले काम गर्ने वतावरण निर्माण बिशेष ध्यान दिनु पर्नेमा जोड दिइन ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूले आफ्ना कार्यक्षेत्रमा एआई र नयाँ प्रविधिको प्रयोग थालिसकेका छन्, त्यसैले अब तिनीहरूलाई आवश्यक तालिम दिनु अपरिहार्य भएको बताइन ।
उनले सरोकारवालाहरूको सहभागितामा कानुन बनाउनु पर्ने ्त्यसो भएमात्र कानुनहरू सञ्चारमाध्यम र सञ्चारकर्मीहरूका पक्षमा बलियो र प्रभावकारी बन्न सक्ने बताइन ।
युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टुइटले सञ्चार उद्योगमा एआ्इक्ष् प्रयोग गर्दा सधैं अधिकारमा आधारित दृष्टिकोण लिनुपर्छ र विभिन्न सरोकारवाला पक्षको ठोस सिफारिसका आधारमा यस्तो प्रणाली विकास गर्नुपर्छ जसले सञ्चारमाध्यमलाई फस्टाउन सहयोग पुर्याउने बताए
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५को अवसरमा काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका पत्रकार, नीतिनिर्माता, विज्ञ, शैक्षिक व्यक्तित्व र डिजिटल अधिकारकर्मीहरू सहभागी थिए।
सम्मेलनमा भ्रामक सूचना, गलत जानकारी, पत्रकारिता नैतिकता, सञ्चारमाध्यमको दिगोपन, र प्रेस स्वतन्त्रतामा पर्ने प्रभाव जस्ता चुनौतीहरूको पनि गम्भीर समीक्षा गरियो।
युनेस्कोको आयोजनामा, नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, र अनुसन्धानात्मक पत्रकारिता केन्द्र नेपालको सहकार्यमा आयोजित सम्मेलनमा एआईको को प्रभाव, एल्गोरिदम पूर्वाग्रह, सम्पादकीय निर्णयका चुनौतीहरू, र पत्रकार सुरक्षासम्बन्धी मुद्दाहरू छलफल भएको थियो ।
सम्मेलनमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका सरोकारवालाहरूले पत्रकार सुरक्षाको लागि सहयोग, नैतिक क्ष् नीतिको प्रवर्द्धन, र प्रेस स्वतन्त्रता तथा सूचनाको पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरे।
तपाईको प्रतिक्रिया