logo

नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा काठमाण्डौमा दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २१ गते ०८: ३४ मा प्रकाशित     1095   पटक पढिएको

काठमाण्डौ  ।  संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हना सिङ्गर हम्दीले पत्रकारहरुलाई तिब्रगपतमा परिर्वतन भइरहेको डिजिटल युगमा काम गर्न स्रक्ने उपकरणहरु प्रदान गर्न सक्नु पर्ने बताएकी छिन ।

 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५को अवसरमा काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको उदघाटनमा उनले यस्तो बताएकी हुन ।

May be an image of 7 people, table and text

 

प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा सम्मेलनमा गहन छलफल भएको थियो । 


कृत्रिम बुद्धिमत्ता र प्रेस स्वतन्त्रताबीचको सम्बन्धमा गहिरो छलफल भएको कार्यक्रममा हाम्दीले कृत्रिम बुद्धिमत्ताको  प्रयोग पत्रकारिताको र पेशागत सुरक्षाकोलागि प्रयोग हुनु पर्नेमा जोड दिइन । उनले सिमान्तकृत र महिला पत्रकारहरुले काम गर्ने वतावरण निर्माण बिशेष ध्यान दिनु पर्नेमा जोड दिइन । 

May be an image of 8 people, table and lighting

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले  पत्रकारहरूले आफ्ना कार्यक्षेत्रमा एआई  र नयाँ प्रविधिको प्रयोग थालिसकेका छन्, त्यसैले अब तिनीहरूलाई आवश्यक तालिम दिनु अपरिहार्य भएको बताइन ।

 

उनले सरोकारवालाहरूको सहभागितामा कानुन बनाउनु पर्ने ्त्यसो भएमात्र कानुनहरू सञ्चारमाध्यम र सञ्चारकर्मीहरूका पक्षमा बलियो र प्रभावकारी बन्न सक्ने बताइन  ।

May be an image of 9 people and text

युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टुइटले सञ्चार उद्योगमा एआ्इक्ष् प्रयोग गर्दा सधैं अधिकारमा आधारित दृष्टिकोण लिनुपर्छ र विभिन्न सरोकारवाला पक्षको ठोस सिफारिसका आधारमा यस्तो प्रणाली विकास गर्नुपर्छ जसले सञ्चारमाध्यमलाई फस्टाउन सहयोग पुर्याउने बताए 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५को अवसरमा काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा  बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका पत्रकार, नीतिनिर्माता, विज्ञ, शैक्षिक व्यक्तित्व र डिजिटल अधिकारकर्मीहरू सहभागी थिए।


 सम्मेलनमा भ्रामक सूचना, गलत जानकारी, पत्रकारिता नैतिकता, सञ्चारमाध्यमको दिगोपन, र प्रेस स्वतन्त्रतामा पर्ने प्रभाव जस्ता चुनौतीहरूको पनि गम्भीर समीक्षा गरियो।

युनेस्कोको आयोजनामा, नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, र अनुसन्धानात्मक पत्रकारिता केन्द्र नेपालको सहकार्यमा आयोजित सम्मेलनमा एआईको  को प्रभाव, एल्गोरिदम पूर्वाग्रह, सम्पादकीय निर्णयका चुनौतीहरू, र पत्रकार सुरक्षासम्बन्धी मुद्दाहरू छलफल भएको थियो  ।

May be an image of 8 people, suit and text

सम्मेलनमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका सरोकारवालाहरूले पत्रकार सुरक्षाको लागि सहयोग, नैतिक क्ष् नीतिको प्रवर्द्धन, र प्रेस स्वतन्त्रता तथा सूचनाको पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरे। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.