logo

जेलका नाइके शेख भोलाकै मिलोमतोमा विक्कीको फर्जी सर्टिफिकेट तैयार भएको खुलासा

      9/15/2020 गते 00 00 मा प्रकाशित     1193   पटक पढिएको

लागू औषध मुद्दामा ११ वर्ष कैद र एक लाख रुपैया“ जरिवाना फैसला भएको ७ वर्षपछि पटके कैदी विक्की रौनियार भनिने विक्की अग्रवाललाई पर्सा अदालतको तहसिल शाखाले फर्जी सर्टिफिकेट कै भरमा २ वर्ष ७ महिना कैद मिनाहा गरेको खुलासा भएको छ ।

 

उक्त फर्जी सर्टिफिकेट तैयार गर्नमा विक्कीलाई जेलका नाइके शेख भोला, चौकीदार दिनेश सर्राफ, सुनिल जयसवालले सहयोग गरेको सम्वद्ध स्रोतको दाबी छ । विक्की वीरगन्ज कारागारका भाई नाइके थिए । भोला नाइके भएपनि सजिलै जेल बाहिर आउने जाने गरेका थिए । दिनेश सर्राफलाई छाया चौकीदार बनाएर भोलाले जेलको भित्री प्रशासन चलाउ“दै आएका छन् । 


    ‘विक्की र भोलाको दोस्ती राम्रो थियो,’ कारागार स्रोत भन्छन्, ‘विक्कीको आग्रहमा भोलाले नै भारतीय स्कुलबाट नक्कली सर्टिफिकेट झिकाए ।’ ०६८ चैत १३ मा ३० ग्राम खैरो हिरोइन सहित पक्राउ परेका थिए विक्की ।

 

त्यसबेला प्रहरीको बरामदी मुचुल्का र अदालतमा विक्कीले दिएको बयानमा आफ्नो उमेर २५ वर्ष उल्लेख गरेका छन् । तर, जेलका चौकीदार दिनेश सर्राफ, नाइके शेख भोला, सुनिल जयसवाल र रिसी गुप्ताको समूहले भारतबाट मगाएको सर्टिफिकेटमा विक्की पक्राउ पर्दाको समयमा १८ वर्ष भन्दा कम उमेर देखाइएको छ ।

 

पढ्दै नपढेको स्कुलको सर्टिफिकेटमा जन्ममिति घटाएर अदालतमा ६ महिना पहिले नै पेश गरिएको थियो । तर, त्यसबेलाका कर्मचारीले विक्कीलाई रिहा गर्न मानेका थिएनन् । हालै जनकपुर सरुवा भएका तहसिलदार समी कपुर साहले बरबुझारथ गर्नु अगाडि गत बिहीबार फर्जी सर्टिफिकेटको आधारमा विक्कीको कैद सजाय २ वर्ष ७ महिना मिनाहा गर्ने निर्णय गरेका हुन् । विक्की रिहा भएपछि बिहीबार नै भारत गएका छन् । 


    विक्की रिहा भएपछि सर्राफ र भोलाको समूहले थप कैदीहरुलाई पनि यस्तै फर्जी कागजातको आधारमा अगामी दशैमा रिहा गराउने योजना रहेका छन् ।

 

‘कारगार भित्र रहेका पसल, खाद्यान्न बिक्री, चर्को टेलिफोन शुल्क र कैदीस“ग गरिने अवैध असुलीका कारण यो समूहस“ग आर्थिक स्रोतको कमि छैन्,’ कारागार स्रोत भन्छन्, ‘विक्कीलाई रिहा गर्ने योजना सफल भएपछि यो समूह सरकारले दशैमा गर्ने कैदी रिहाईका लागि पनि फर्जी कागजात बनाउन थालेको छ ।’

 

जेलर, स्थानीय प्रशासन देखि लिएर कारागार विभागसम्म लाई आर्थिक नजराना पु¥याएर यो समूहले जे गरेपनि कसैले सरुवा गर्न नसक्ने मनस्थिती बनाएका छन् ।  


खैरो हिरोइनका पटके कारोबारी


    ०६८ चैत १२ मा पक्राउ पर्दा विक्की १८ वर्ष नपुगेको भन्दै २ वर्ष ७ महिना कैद सजाय मिनाहा गरेको पर्सा अदालतले यस अघि २०६१ चैत १६ मा विक्कीलाई लागू औषधकै मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैया“ जरिवाना गरेको थियो । त्यसबेला विक्की खैरो हिरोइन र लागू औषध बिक्री गर्ने तराजु र ढक सहित पक्राउ परेका थिए ।

 

५ वर्ष कैद सजाय काटेर कारागार बाहिर आएको विक्की दोस्रो पटक भारतको रक्सौलबाट ३० ग्राम खैरो हिरोइन लिएर वीरगन्ज आउने क्रममा पक्राउ परेका थिए । वीरगन्जको रजतजयन्ती चौकबाट विशेष सुराकीको आधारमा पक्राउ परेका विक्कीको पाइन्टको अगाडि पट्टिको पाकेटबाट प्लाष्टिकमा बेरिएको अवस्थामा खैरो हिरोइन बरामद भएको प्रहरीको बरामदी मुचुल्कामा उल्लेख छ ।

 

विक्की र उनको समूहले भारतबाट खैरो हिरोइन खरिद गरि काठमाडौ, पोखरा, नारायणघाटमा सप्लाई गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो । टाटासुमो र बस मार्फत विक्कीको समूहले वीरगन्ज बाहिर सप्लाई गर्थे । 


    जिल्ला अदालतले २०७० जेठ ५ मा लागू औषध नियन्त्रण ऐन बमोजिम विक्कीलाई ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो । पटके भएकाले सोही ऐनको दफा १६ बमोजिम थप ५ वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो ।

 

जिल्ला अदालतको फैसला तत्कालिन पुनरावेदन अदालत हेटौडाले ०७३ वैशाख २८ मा र सर्वोच्चले ०७५ वैशाख २७ मा सदर गरेको थियो ।

 

‘एकपटक लागू औषधीको कारोबारको कसुरमा सजाय भुक्तान गरी सकेका यी प्रतिवादीको साथबाट बरामद भएको ३० ग्राम खैरो हिरोइन केवल सेवनको निम्ती मात्र बोकी हिडेको होलान् भनी अनुमान गर्नु विश्वसनीय र व्यवहारिक हुने देखिदैन्, सर्वौच्चको फैसलामा भनिएको छ, ‘निज प्रतिवादी लागू औषध ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको देखिन आउ“छ । लागू औषध सेवनतर्फ मात्र सजाय गरी पाउ“ भन्ने प्रतिवादी विक्कीको पुनरावेदन जिकिर पुग्न सक्दैन् ।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.