logo

उपचारको ब्यवस्था मिलाउन फाउण्डेशनको माँग,कोभिड वारियर्सको प्रयासमा महिलाको उपचार हुने

      9/28/2020 गते 00 00 मा प्रकाशित     819   पटक पढिएको

कोभिड संक्रमीत तर अन्य रोगका बिरामीको उपचारको ब्यवस्था मिलाउने बिषयमा जिपी कोइराला फाण्डेशन बीरगंजले  पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङको ध्यानकर्षण गराएको छ । 

 


पर्सामा अहिले पनि कोभिडको लक्षण भएका वा संक्रमण पुष्टि भएका तर अन्य रोगको उपचार आवश्यक रहेका बिरामीहरुले उपचार नपाई घरमै थला पर्नु पर्ने अवस्था सार्वजनीक भएपछि फाउण्डेशनले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो । 
पर्सामा मात्रै उपचार अभावमा ८ जनाले ज्यान गुमाउनु परेको दावी गरिएको छ । 

 


बीरगंज महानगरपालिका रामगढवाकी  २६ वर्षीय गर्भवती महिलामा २ दिनअघि शनिबार कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना लिन मानेन ।

 

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पताललेसमेत भर्ना लिन नमानेपछि गर्भवती महिलालाई घरैमा राख्नु पर्ने अवस्था आयो । गर्भवतीलाई भर्ना नलिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा गएर जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर घरैमा राखिएको उनका श्रीमान् इनरदीप पण्डितले बताउनु भएको थियो  ।

 


यही घटनाले फेरी पर्साबासीमा चिन्ता ब्याप्त बनाएको छ । यही घटनालाई मध्य नजर गरेर आवश्यक ब्यवस्थापन मिलाउन प्रशासनले बेलैमा ध्यान दिनु पर्छ भन्दै ज्ञापन पत्र बुझाएको फाउण्डेशनका अध्यक्ष म. शाहबुदिनले बताउनु भयो । 

 

 फाउण्डेशन पर्साकासह सचिव मिंन्टु देवि सिंह,कोषाध्यक्ष मनोहर साह,सदस्य प्रिति सिंह,जंगबहादुर पटेल,सनतोष कुमार गुप्ता,शेख नेजामुदिन,दिनानाथ प्रसाद गुप्ता,पप्पु सिंह, सदिप कुमार केवट,जितेन्द्र ठाकुर,मनजेश र्कण,पप्पु बैठा,संजय पटेल,सफु शर्मा,अशोक बैठा, कर्ण पटेल, लालबाबु साह लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।  

 

यसैवीच रामगढवाकी ति महिलालाई बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनले अवको एक साता भित्र बच्चा जन्माउने चिकित्सकले समय दिएका छन । 


वीरगञ्ज रामगढवाकी २६ वर्षीया गर्भवती महिलालाई चिकित्सकले अबको एक साताभित्रै बच्चा जन्मने भनेर समय दिएको छ ।चिकित्सकले सुरुको मासिक चक्रलाई आधार मानेर बच्चा जन्मने अनुमानित समय निकाल्ने गर्छन् । त्यही आधारमा एक साताको समय निकालिएको हो । प्रसूती रोग विशेषज्ञ डा. दिप्ती यादव लेगणितीय हिसाबले बच्चा जन्मने समय निकालिने भएपनि त्यसको एक साता वर वा पर पनि बच्चा जन्मन सक्ने बताउनु भयो । 

 

आइतबार राति नै कोभिड वारियर्सको टोलीले प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादवसहित संक्रमित गर्भवतीको घरमा पुगेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो । कोभिड वारियर्सको यही प्रयासले नै ति गर्भवती महिलाको अस्पताल भर्नाको बाटो खुलेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.