असोज १५,१८ र १९ मा मुलुकको राजधानी काठमाण्डौ र आर्थिक राजधानी बीरगंजमा आयान डिष्टिब्यूटर्स र एएसटी प्रा.ली.मा प्रहरीले छापा मार्यो ।
नेपालमा रहेका खाद्य उधोगहरुलाई आवश्यक केमिकल र कच्चा पर्दाको आपूर्ती गर्दै आएका यि कम्पनीले भारतमै म्याद नाघेका अखाद्य बस्तुको आयात गरेर रिलेबलिङ गरेर उधोग र बजारमा उपलब्ध गराउदै आएका थिए ।
उनीहरुलाई यसो गर्न नेपालको राजनीतिक क्षेत्रका केही हस्तीहरुको संरक्षण प्राप्त छ । विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो ।
लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्ररिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।
तर, लकडाउनको फाइदा उठाउँदै जनस्वास्थ्यमाथि खेडवाड गर्ने आपराधिक प्रवृत्तिका मान्छेहरुले भने तिनै म्याद सकिएका खाद्य सामाग्रीलाई पुनः नयाँ मितिको लेवलिङ गराएर बजारमा पठाउने धन्धा चलाएका छन् । यस्तो धन्दा चलाउनेमा गैर नेपालीहरु हावी छन ।
दायाँबाट प्रवीण बंका,अनिल बंका र भवन भंगेरिया
बंकाले आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै अर्बौ अर्ब रुपैयाँ कमाएका छन् । यी पात्र सामान्य मानिस हैनन्, फौजदारी अभियोगका भागिदार समेत हुन् । किनकी, प्रविण बंका नेपाली नागरिक नभएर भारतीय नागरिक भएको तथ्यले देखाएको छ । एउटै ब्यक्ति एक भन्दा बढी देशको नागरिक हुन पाउने कानून संसारमै छैन ।
प्रवीण बंकाले नेपालबाट गैरकाुननी रुपमा आर्थिक चलखेल गरेर नागरिकता प्राप्त गरेको अभियोग लागेको छ । यि मान्छेमाथि नागरिकता किर्ते गरेको फौजदारी अभियोग लगाउने प्रमाण प्रशस्त छन् ।
प्रविण बंका भारत बिहार राज्यको असली बासिन्दा हुन् । नेपालमा त धन्दा गरेर पैसा कमाउनका लागि आएका मात्रै हुन् । प्रविण बंका बिहारको उजिआरपुर विधानसभा निर्वाचन क्षेत्रका बासिन्दा हुन् । उनको मतदाता सूचनाको पहिचान पत्र नं. ईपीआईसी नम्वर एफवाईएस ३२८३८६८ रहेको छ ।
पिताको नाम सत्यनारायण बंका, भाग संख्या २४२, भागको नाम राष्ट्रिय मिडिल स्कुल, दलासिनसराय, इस्ट मिडिल साइट, मतदाता क्रमांक ८० मतदान केन्द्र राष्ट्रिय मिडिल स्कुल दलासिनसराय रहेको छ ।
त्यसो त प्रविण बंकाको पारिवारिक कनेक्सन नै धन्दा चलाउनेमा रहेको देखिन्छ । उनका ससुरा काका पवन भङ्गेरियाले पनि झुठो विवरण पेश गरेर नागरिकता नेपाली नागरिकता हासिल गरेका थिए ।
भङ्गेरिया हत्या र लुटपाटको अभियोगमा भारतमा जेलको सजायँ सुनाइएका व्यक्ति हुन् । २०५० सालमा नेपाल प्रवेश गरेपछि आफ्ना बाबु रामअवतार प्रसादलाई अर्काको नक्कली छोरा बनाएर मोरङ जिल्लाको तत्कालिन रंगेली गाविस वडा नं. १ बाट बसाई सराई गराएर जिल्ला प्रशासन कार्यालय पर्साबाट बंशजको आधारमा नेपाली नागरिकता लिएका थिए । भंगेरियाका दाजु कैलास प्रसाद भंगेरियाले भने समेत भारतीय दूतावासबाट २२ वर्ष अघि भारतीय नागरिक भएको प्रमाणित गराएका थिए ।
यिनै ससुरा भंगेरियाले प्रविण बंकालाई जन्मको आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए २०६३ सालमा । बंकाले भंगेरियाका दाजु कैलाशकी छोरीलाई विवाह गरेका छन् ।
प्रविण बंका विरुद्ध पर्सा जिल्ला प्रशासन कार्यालयमा भुठो व्यहोरा उल्लेख गरी आफ्नो जन्मको आधारमा नेपाली नागरिकता लिएको भन्दै २०६७ साल पुष १८ गत उजुरी परेपनि त्यस बिषयमा अनुसन्धान भएको छैन । स्रोतका अनुसार सेटिङकै कारण उजुरी पोको पारेर थन्क्याइएको छ ।
एउसटी प्रालीका अर्का साझेदार सुमित अग्रवाल कमल झून झूनवालका छोरा हुन । उनी पनि नेपाली नागरिक होइनन ।उनी भारत बिहारको रामनगरका स्थायी बासिन्दा हुन । उनले पनि बिवरण ढाँटेर नेपाली नागरिकता लिएका छन ।
जब नियत नै खोटो भएपछि धन्दा पनि खोटो नै चल्छ । यसरी म्याद सकिएको सामानमा नयाँ उपभोग्य मिति राखेर आम उपभोक्ताको जीवनमाथि खेलवाड गरेर धन्दा चलाउने गिरोह धेरै वर्ष पहिलेदेखि नै सक्रिय थियो ।
यो गिरोहले अहिले लकडाउनको समयमा खुद्रा पसल समेतबाट म्याद गुज्रिएका सामानको फिर्ता लिन समय लाग्ने अवस्थाको इमोशनल ब्याकमेलिङ गरेर चलाइरहेको ठूलो र्याकेटलाई प्रहरीले एकपछि अर्को छापा मार्न थालेपछि तिल्मिलाउन थालेको छ । धन्दाबाटै कमाएको पैसा प्रयोग गरेर अहिले यो गिरोह आफ्नो नामलाई जोगाउन खोजिरहेको छ ।
यसरी गैरकानुनी रुपमा आम उपभोक्ता विरुद्ध गरिएको भयानक ठगीमा नेपाल र भारतमा दुईतिर नागरिकता बोकेर शुद्ध व्यवसायको नाटक गर्ने पवन बंका र उनको परिवार संलग्नता प्रष्ट भएको छ । विदेशी खाद्य सामाग्री आयातकर्ता कम्पनीको आवरणमा आयात गरिएका अर्बौ मूल्यका सामानको म्याद सकिएपछि पुनः रिलेवलिङ गराउनु महाअपराध हो ।
आयातकर्तासँग खुद्रा पसलमा भएका म्याद नाघेका सामाग्री उठाएर नयाँ वितरण गर्नेपर्नु दायित्व हुन्छ । तर, आयातकर्ता वितरक र थोक बिक्रेताले नै पुनः यस्तै सामान बजारमा पठाउन थालेको धन्दा आम उपभोक्ताले थाहा पाउनु कसरी ?
यो उनीहरुको गैरव्यवसायिक पराकाष्ठा हो । उपभोग्य अवधी सकिन लागेका सामाग्री उत्पादक कम्पनीलाई नबुझाई पुनः उपभोक्तालाई खुवाउन पठाउनु सामान्य गल्ती हुन सक्दैन । यो अपराध फौजदारी अपराधमा दर्ज हुनु पर्ने उपभोक्ता अधिकारकर्मीहरुको माँग छ ।
तपाईको प्रतिक्रिया