logo

नेशनल मेडिकल कलेजको अर्को गैरमानवीय कार्य, छात्रवृत्तिमा पढीरहेका विद्यार्थीको भविष्य नै अन्धकारमा पार्दै 

      1/12/2021 गते 00 00 मा प्रकाशित     782   पटक पढिएको

पटक पटक विवादमा आउने गरेको वीरगन्जस्थित नेसनल मेडिकल कलेज फेरी एकपटक विवादमा आएको छ । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ । कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो । 

चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आईओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए पनि परीक्षा फर्म नभरेको भन्दै परीक्षा दिन नदिइएको बताए । उनको अनुसार उनीसँग परीक्षा र्फम भर्न २ दिन समय थियो तर चिकित्सा शिक्षा आयोगले परीक्षा दिन पाउने र अतिरिक्त शुल्क नतिर्नु भनेकाले र्फम भरेका थिएनन् । सोही कारण उनीसँग प्रवेश पत्र थिएन ।

आयोगले फर्म नभरिकन परीक्षा दिन मिल्छ, निवेदन दिनु पर्दैन र अतिरिक्त शुल्क तिर्नु पर्दैन भनेकाले पैसा तिरेर र्फम नभरेको उनको दाबी छ । ‘म परीक्षा दिन पाइन्छ की भनेर बुझ्न र दिन पाइए दिन्छु भनेर तयारी गरेर गएको थिएँ,’ रामले भने, ‘तर विधीको शासन मान्नु पर्छ । र्फम नभरेको मान्छेले परीक्षा दिन पाउँदैन भनेर मलाई आइओएमकै सरले परीक्षा दिन दिएनन् ।’

पहिला आयोगले नै अतिरिक्त शुल्क नतिर्नुस् ढुक्क हुनुस् परीक्षा दिन पाइन्छ भनेकाले आफू परीक्षा दिनबाट बञ्चित भएको उनको आरोप छ । २०७२ सालमा सरकारले नै खर्च दिएर नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै आएका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।

यसअघि ८ लाख ११ हजार रुपैयाँ अतिरिक्त शुल्कसमेत बुझाएका छन् । ‘सरकारले नतिर्नु भनेकाले मैले कलेजले मागेको अतिरिक्त शुल्क तिरिन अहिले आएर यस्तो भयो,’ राम भन्छन्, ‘कलेजको लागि अतिरिक्त शुल्क लिनु लिगल हो भने सरकारको लागि इलिगल । कस्को कुरा मान्नु ?’ नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारी अहिले नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत भएका छन् । ओलीसँग निकट रहेका अन्सारीको कलेजले गरिब विपन्न दलित विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड गरेको भन्दै सवत्र आलोचना भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

अपहरण अभियोगमा चार जना पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज ।  कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.