logo

प्रदेशभरि कोरोना बिरुद्धको खोप अभियान शुभारम्भ, फ्रन्टलाइन वारियर्सको मुख्यमंत्री राउतले गर्नु भयो प्रशंसा

      1/27/2021 गते 00 00 मा प्रकाशित     790   पटक पढिएको

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताउनु भएको छ । कोरोना बिरुद्धको खोप अभियानको बीरगंजमा शुभारम्भ गर्दै मुख्यमंत्री  राउतले यस्तो बताउनु भएको हो । उहाँले सरोरकारवाला सबैको सहयोगमा प्रदेशमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नसकिएको बताउनु भयो । 

वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै मुख्यमंत्री राउतले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीले सुरक्षकर्मी सफाईकर्मी तथा संचारकर्मीले प्रर्दशन गरेको हिम्मतको प्रशंसा गर्नु भयो ।


 पहिलो चरणमा स्वास्थ्य तथा सफाईकर्मीलाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक बिजय झाले जानकारी दिनु भयो । 

कोभिड–१९ विरुद्धको खोप अभियानको प्रदेश नं २ का ८ वटै जिल्लामा एकैसाथ सुरुवात गरिएको छ । पर्सामा नारायणी अस्पताल वीरगञ्ज, बारामा कलैया अस्पताल, रौतहटको गौर अस्पताल,सर्लाहीको मलंगवा अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, सिराहाको सिराहा अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी प्रादेशिक अस्पतालमा गरी ९ वटा अस्पतालमा खोप अभियान सुरु गरिएको हो । ५ दिनभित्र सबै फ्रन्टलाइनरलाई खोप लगाइसक्ने योजना छ ।

संघीय सरकारले प्रदेश २ मा ३४ हजार ८ सय ४ थान खोप पठाएको छ । पर्सामा ४ हजार ९ सय ७१, बारामा २ हजार ३ सय ९५, रौतहटमा ३ हजार ६ सय ९, सर्लाहीमा ४ हजार ७ सय ७२, महोत्तरीमा २ हजार १ सय ९१, धनुषामा ९ हजार १ सय ८२, सिराहामा ३ हजार ९ सय ३० र सप्तरीमा ३ हजार ७ सय ७५ थान खोप पठाईएको खोप अभियानका प्रदेश २ संयोजक डा। मदन उपाध्यायले जानकारी दिए ।

 


प्रदेश  २ मा पहिलो पटक ०७६ चैतको अन्तिममा कोरोना संक्रमित फेला परेका थिए  । उनीहरुको उपचार नारायणी अस्पतालमा भएको थियो । उनीहरुको उपचारमा संलग्न अस्पतालमा कार्यरत स्टाफ नर्स  अहेमा थापालाई खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार काठमाडौँस्थित टेकु अस्पतालमा खोप अभियान कार्यक्रमको शुभारम्भ गरेपछि देशभारी पहिलो चरणमा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीहरुलाई खोप दिन थालिएको हो । 

खोप अभियान कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ मा पनि एकजना स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियानको सुरुवात गरिएको छ ।


नारायणी अस्पतालले आज पहिलो दिन एक सय जनाभन्दा बढीलाई खोप लगाउँने लक्ष्य बनाएको मेसु डा. संजय ठाकुरले बताउनु भयो । 
कार्यक्रममा  पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको उपस्थिति रहेको थियो ।

 

वीरगञ्जमा खोप कार्यक्रमको उद्घाटन भएसँगै प्रदेश नम्बर २ का अन्य जिल्लाहरुमा पनि खोप लगाउँन सुरु गरिएको छ । नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.