सिराह जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १३को ४२ घरको दुरवीन डाँडाको समुदायलाई पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं.१३ को ४२ घरको दुरवीनडाँडा समुदायलाई गाग्रीको पानी करुवामा सारेर गिलासबाट पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो । दुरवीनडाँडा समुदाय प्रदेश २ को पहिलो सुरक्षीत खानेपानीयुक्त समुदायको रुपमा घोषित भएको हो ।
खुलादिसामुक्त घोषणापछि अब फेरी प्रदेश नं. २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान आरम्भ भएको छ ।
घोषणा सभामा वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाह र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो भने बालबालिकाहरुले नेपाली राष्ट्रियता झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।
घोषणा सभा दुरवीन डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री इन्द्रमान तामाङको अध्यक्षतामा भएको थियो ।
खानेपानी तथा सरसफाइ आयोजनाले मुहानको पानीलाई बिध्युतिय लिफ्टिङको सहायताले २० हजार लिटरको पानी ट्याङकी मार्फत ४२ धरधुरीलाई खानेपानी वितरण भईरहेको छ ।
२ सय ३१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् । यो योजना युनिसेफ नेपाल, वेलायत सरकार, धनगढीमाई नगरपालिका र समुदायको साझेदारीमा २०७५ साल चैत्रमा सम्पन्न भएको हो ।
सोही अवसरमा दुरबीनडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि युनिसेफले पानी परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । समितिले सोही किटको माध्यमबाट खानेपानीको गुणस्तर जाँच गरी सुरक्षित खानेपानी मात्र वितरण गर्नेछ ।
कार्यक्रमका अतिथिहरुलाई परम्परागत ब्याचको सठ्ठामा पीपलको पातको ब्याच बनाइ वितरण गरिएको कार्य पनि अनुकरणीय रहेको थियो ।
सुरक्षित खानेपानी योजना भनेको के हो?
गाउँ पालिका वा नगरपालिकाका त्यस्ता समुदाय वा बस्तीहरुलाई जहाँका वासिन्दाहरूले आफ्नै घरआँगनमा जडिएका धारामार्फत् ९पानी संकलन गर्न ३० मिनेट भन्दा कम समय लाग्ने सामुदायिक धारा समेत०, जुनसुकै बेला स्वच्छ र सुरक्षित ९विशेष गरी स्वास्थलाई प्रत्यक्ष असर गर्ने हानीकारक तत्व जस्तै इ–कोली र आर्सेनिकका नेपाल सरकारले तोकेका सघनन् मापदण्ड भित्र भएका खानेपानीको सुविधा उपभोग गरिरहेका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ । स्रोतः सुरक्षित खानेपानीयुक्त समुदाय निर्देशिका० पाइप प्रणाली नभएको अवस्थामा भने संरक्षित पानीका स्रोत ९इनार, कुवा, ट्युबवेल आदि० बाट प्राप्त पानीलाई घरायसी प्रविधिबाट शुद्धीकरण गरी पानी उपभोग गर्ने गरेका वासिन्दा भएका बस्तीलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।
तपाईको प्रतिक्रिया