logo
Monday, 5 May 2025, 11:40:41 pm

पर्सामा तीनमा कोरोनाको संक्रमण पुष्टि,स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन प्रशासनको आग्रह

      7/17/2020 गते 00 00 मा प्रकाशित     1145   पटक पढिएको


पर्सामा आज थप तीजनामा कोरोना सँक्रमण भएको पुष्टि भएको छ ।बीरगञ्जमा दुई जना युवतीसहित जिल्लामा थप तीन जनामा कोरोना सँक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनु भयो ।

 

सँक्रमण हुनेहरुमा पर्साको सखुवा प्रर्सौैनी गाउँपालिकाका २२ वर्षीया पुरुष, वीरगञ्ज श्रीपुरकी १८ वर्षीय युवती र काठमाडौं स्थायी ठेगाना भइ बीरगञ्जमा काम गर्दै आएकी ४५ वर्षीया महिला रहेको उपाध्यायले बताउनु भयो  ।

 

उनीहरुको बितेको असार ३१ गते स्वाब सँकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा सँक्रमण देखिएको हो । सँक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल मातहत रहेको अस्थायी बिशेष कोभिड अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको मेसु उपाध्यायले बताउनु भयो ।


पछिल्लो समय वीरगञ्जमा लक्षणसहितका संक्रमितहरू देखा पर्न थालेका छन्। केहि दिन अघि अरू कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिमा कोरोनाका लक्षण देखिएसँगै आइसियूमा राखेर उपचार गर्दा मृत्युसमेत भएकोले कोराना भाइरस पहिलेभन्दा शक्तिशाली भएको चिकित्सकहरुको बिश्लेषण रहेको छ । 

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अहिलेको अवस्थामा भिडभाडमा नजान, स्वास्थ्य सुरक्षाका सबै शर्तकता तथा मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न सबै नगरवासीलाई आग्रह गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

बिश्व प्रेस स्वतन्त्रता दिवसको  अवसरमा वीरगंजमा प्रभात फेरी,लोकतान्त्रिक समाजमा मात्र स्वतन्त्र प्रेसको रक्षा हुने बिश्वास ब्यक्त

वीरगन्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगन्जले शनिबार बिहान वीरगन्जमा प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।

मानव तस्करी गरेको आरोपमा सिन्धुपाल्चोकका लामा पक्राउ

वीरगन्ज । मानव तस्करी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतरा नगरपालिका वडा नं १ का २३ वर्षिय सुवन लामालाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.