logo

संचालन अनुमति नलिएका चन्द्रनिगाहपुरका अधिकांश अस्पताल बन्द,संचालकहरु नगरपालिका र जनकपुर धाउदै

 इसीमाना सम्वाददाता     २०८१ फागुन १८ गते ०८: २२ मा प्रकाशित     711   पटक पढिएको

चन्द्रपुर । मधेश सरकारका मुख्यमन्त्री सतिस कुमार सिंहले अनुगमन पछि बन्द गर्न निर्देशन दिएका अस्पतालहरु आइतबार पनि बन्द नै रहे ।

 

अस्पताल संचालन अनुमति लिएर मात्रै अस्पताल संचालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएपछि चन्द्रनिगाहपुरको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा.लि,सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर,पब्लीक लाइफ केयर पोलिक्लिनीक,एपोलो सिटी अस्पताल,चपुर सिटी अस्पताल,हिमालय पोलि क्लिनिक,चन्द्रपुर,सामुदायिक अस्पताल,नमस्ते डेन्टल क्लिनीक,चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दात उपचार केन्द्र समेत गरेर ९ वटा निजी अस्पताल सटर नै झारेर बन्द गरेका छन । 


उपचारको नाममा सर्बसाधारणसंग चर्को शुल्क असुल्ने यी अस्पतालका संचालकहरु अहिले अनुमतिको लागी चन्द्रपुर नगरपालिका तथा जनकपुर धाउन थालेका छन ।


सम्बन्धीत निकायबाट अनुमतीनै नलिएर च्याउ सरी खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले सिंहले अनुगमन तथा निरीक्षण गरेका थिए ।

 

अस्पतालको सामान्य प्रक्रिया समेत पुरा नगरी अस्पताल संचालन हुदा स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री रौतहट आएका थिए ।

 

सञ्चालनमा रहेका ९ वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियमविपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले बन्द गर्न निर्देशन दिएका थिए ।


मुख्यमन्त्री अनुगमनमा आएको थाहा पाएपछि पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर बन्द गरेर भागेका थिए ।


मुख्यमन्त्री सिंहले चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालन गरेको र आईसीयू, एमर्जेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको बताए ।

 

अनुगमनका क्रममा दर्तानै नभएको हाइवे ट्रमा अस्पताल र सिभिल अस्पतालले काठमाडौंका ठूला अस्पतालसरह बिरामीसित रकम असुलेको पाइएको थियो ।

 

यो ‘प्रक्रिया पु¥याएर मापदण्डअनुसार सञ्चालन गर्छन् भने ठिक छ, अन्यथा हामी कानुनको दायरमा ल्याउँछौं मुख्यमन्त्री सिंहले भने ।


मुख्यमन्त्री सिंहले बन्द गर्न भनिएका अस्पताल अटेर गरेर खोलेमा संचालकलाई ल्याएर कार्वाही गर्न समेत निर्देशन दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताएका छन । अनुगमनको क्रममा अनुमति नलिएका अस्पताल खोल्न नदिने समेत डिएसपी राइले बताए ।


१५ सैय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिएको हुनुपर्छ । त्यसभन्दा माथिको प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्विकृत लिनुपर्ने प्रावधान छ ।

 

चन्द्रनिगाहपुरमा हाल सम्म चन्द्रपुर अस्पताल र सिम्स अस्पतालले मात्रै अस्पताल संचालनको अनुमति लिएको पाइएको छ ।

 जिल्लाको चन्द्रपुर, बृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरियालगायतका क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश अस्पताल दर्ता र मापदण्डविपरीत रहेको स्थानिय सरोकारवालाहरुले बताउदै आएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.