logo

कर्मचारीको निष्ठामाथि गम्भिर प्रश्न उठ्यो,मुख्यमन्त्री सिंहले आफनै कर्मचारीलाई कारवाही गर्ने (फोटो फिचर)

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १ गते ११: ३९ मा प्रकाशित     340   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले घरेलुतथा साना उधोग कार्यालय लाहानका कर्मचारीलाई कारवाही गर्ने भएका छन । 


मुख्मन्त्री सिंहले चैत १८ गते सिराहको मिर्चैयमा रहेका अस्पतालहरु अनुगमन गरेका थिए । त्यतीबेला सिंहले १४ वटा स्वास्थ्य संसथहरुलाई बन्द गर्न निर्दैशन दिएका थिए । सोही दिन मिर्चैयामा रहेको मुंगेरिया चाट एण्ड स्वीट को मिठाई बनाउने प्लाण्टको पनि अनुगमन गरेका थिए । 

No photo description available.
एउटा स्वास्थ्य संस्था अनुगमन गरेर फर्किदा मुख्मन्त्री सिंहलाई शंकालागि सोधपुछ गरे । मिठाई बनाउने ठाउको बारेमा सोधखोज गरेपछि मुंगेरिया चाट एण्ड स्वीटको मिठाई लगायतका परिकार उत्पादन कारखाना हो भन्ने खुल्यो । मुख्मन्त्री सिंहले त्यो कारखाना पनि अनुगमन गरे । 


कारखानामा जताततै फोहर माकुरोको जालो, माखा अन्य फोहरहरु देख्दै घिन लाग्दो वाक्क आउला जस्तो । मुख्मन्त्री सिंहले कारखाना भित्र रहेका पहाड तिर बाट आयात गरिएको खुवा,खाजा,रसभरी,लडडु,अन्य ठिाई लगायतका परिकारको गुणस्तर परिक्षणकोलागि  आदेश दिए ।

May be an image of 5 people

मुख्यमन्त्री सिंहको यो अनुगमन प्रक्रियामा घरेलु तथा साना उधोग कार्यालय लहानका कर्मचारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी पनि थिए ।

नमुना संकलनको काम उनीहरुले नै गरेका थिए । तर परिक्षणको रिपोर्ट जव मुख्यमन्त्री समक्ष पुग्यो मुख्यमन्त्री तीन छक्क परे । उनको टाउको भनभन्ती घुम्न थाल्यो । रन्को छुटेर आयो ।

No photo description available.

कर्मचारीतन्त्रको पारा देखेर दिक्कदार भए । मुख्यमन्त्री सिंहको टाउको रिगाउने त्यो रिर्पोटमा के थियो ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजबिराजले लेखेको त्यो रिपोर्टमा रसभरीको मात्र रिपोर्ट थियो र त्यो गुणस्तरीय रहेको घोषणा गरिएको थियो ।

मुख्यमन्त्री सिंहले ६ वटा उत्पादनको गुणस्तर परिक्षणकोलागि नमुना संकलन भएको तर रिपोर्ट रसभरीको मात्र आएकोले मुख्यमन्त्रीलाई रन्को छुटाएको हो ।

May be an image of text that says 'Pull APullupforpreciseseeking Pull up p f for precise seeking'

 मुख्यमन्त्रीले त्यो रिपोर्ट पढेपछि आफनो मातहतमा रहेको घरेल तथा साना उधोग कार्यालयका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने बताएका हुन ।

उनले खाद प्रविधि तथा गुण नियन्त्रणकार्यालयका कर्मचारीलाई पनि कारवाही गर्थे तर  त्यो कार्यालय आफनो मातहतामा नभएकोले उनले घरेलुका कर्मचारी उपर छानविन गर्ने बताएका हुन ।

घरेलु तथा साना उधोग कार्यालय लहानले पनि त्यही ब्यहोराको प्रतिवेदन मुख्यमन्त्री कार्यालयलाई लेखेको छ । कार्यालयका प्रमुख किशोरीशरण यादव भने अनुगमनमा समेत सहभागि थिए ।

No photo description available.

मुख्यमन्त्री सिंहले यो घटनाले कर्मचारीलाई हेर्ने नजरिया नै परिर्वतन भएको आफनो सचिवालयका मन्छेहरुसंग गरेको स्रोतले बतायो  । उनले राम्रो हुन्छ भनेर कसलाई भर गर्ने भन्दै  इमान र निष्ठाको खडेरीले निराशा बढाउने चिन्ता ब्यक्त गरेको स्रोतको  भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

कृष्ण सेन स्मृति सम्मान पत्रकार देवकोटालाई

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

स्रोत नखुलेको ६ लाख सहित बारा बिश्रामपुरका गुप्ता पक्राउ

वीरगंज । सशस्त्र प्रहरीबल पर्साले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३, बरैनिया निवासी करिब ४० वर्षीय वीरेन्द्र प्रसाद गुप्तालाई ६ लाख नेपाली रुपैया सहित पक्राउ गरेको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.