logo

बारा जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै जिलला भरि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी

      8/16/2020 गते 00 00 मा प्रकाशित     959   पटक पढिएको

बारामा भदौ १ गते बिहान ५ बजेदेखी जिल्ला भरि निषेधाज्ञा लाग्ने भएको छ । यस अघि साउन १८ गते बिहान ५ बजे देखि सीमीत क्षेत्रमा अनिश्चित कालिन निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

 

आइतवार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकबाट जिल्ला भरि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिलला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिनु भयो । 

 
जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले त्यसको रोकथाम र नियन्त्रणकोलागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले  जानकारी दिनु भयो  ।

 

 अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तैः विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरु चारपांग्रे तथा मोटरसाइकल समेत लाई पुर्ण रुपमा संचालन बन्देज लगाउने आदेशमा उल्लेख छ ।

 

निषेधाज्ञा अवधीभर औषधी पसल २४ सै घण्टा खुल्ला रहने छ । खाद्यान्न, ग्यांस, इन्धन, दूध डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा विकी वितरण नगरी साईकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान ८ बजेसम्म मात्र विक्री वितरण गर्ने ।

 छिमेकी मित्रराष्ट्र भारतसंग जोडिएका सिमा नाकाहरुमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने । सार्वजनीक रुपमा सभा जुलुसहरु गर्न नपाइने  ।

 

मोटरसाइकल लिएर हिडडुल समेत गर्न नपाइने गरि आदेश जारी भएको छ । आदेशको पालना नगरेमा स्थानीय प्रशासन ऐन  ०२८ र रोग संक्रामक ऐन २०२० अनुसार कारवाही गरिने समेत आदेशमा उल्लेख छ । आदेशमा औधोगिक करिडरमा रहेका उधोगहरुको बिषयमा के हुने भन्ने बिषयमा उल्लेख छैन । यस अघिको आदेशमामा मापदण्ड पुरा गरेर उधोग संचालन गर्न मिल्ने उल्लेख गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.