logo

वीरगञ्जमा गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न, श्रद्धालुको भब्य सहभागिता

 इसीमाना सम्बाददाता     २०८२ असार १३ गते १२: २६ मा प्रकाशित     671   पटक पढिएको

वीरगञ्ज ।मधेस प्रदेशको ऐतिहासिक र सांस्कृतिक सम्पदामध्ये एक, श्री गहवामाईको तेस्रो रथ यात्रा शुक्रबार विशेष पूजापाठसहित भव्य रूपमा सम्पन्न भएको छ।May be an image of one or more people and crowd

गहवामाई तीर्थ क्षेत्र विकास समितिको पहलमा गठित धार्मिक समन्वय समितिद्वारा आयोजित रथ यात्रा मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो।

 

समितिका अनुसार, रथ यात्रामा नेपालका विभिन्न जिल्लासहित सीमावर्ती भारतका श्रद्धालुहरूको भब्य सहभागिता रहेको थियो।

May be an image of one or more people, temple and crowd

रथ यात्रा बिहान केही ढिलो गरि ८ बजे गहवामाई मन्दिरबाट सुरु भई घण्टाघर, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः मन्दिरमै पुगेर समापन भएको थियो।

 

पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन हुँदै काठमाडौँसम्मका भक्तजन सहभागी भएका थिए भने रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि उल्लेख्य उपस्थिति देखिएको थियो।

 

वीरगञ्जवासीले रथ यात्रालाई विभिन्न ठाउँमा भव्य स्वागत गरे। पुष्पवर्षा, जलपान, जुस वितरणजस्ता सेवा र श्रद्धा देखाउन नगरबासीहरू अग्रसर देखिए। भगवा र रातो वस्त्रधारी श्रद्धालुहरूको गहवामाई की जयुको नारा गुञ्जिएको थियो।

 

रथ यात्रा अब परम्परा मात्र नभई एक उत्सव बनेको छ। यही अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो।

 

महानगर प्रमुख राजेशमान सिंहले रथ यात्राले धार्मिक भावना मात्र होइन, वीरगञ्जको धार्मिक पर्यटन सम्भावनालाई समेत उजागर गरेको बताए। उनले आगामी वर्षदेखि महानगरको बजेटमा छुट्टै व्यवस्था गरिने प्रतिबद्धता समेत जनाए।

May be an image of 1 person and temple

सुरक्षाको दृष्टिले पर्सा प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायले सयौँ सुरक्षाकर्मी परिचालन गरेका थिए।

 

कार्यक्रम अन्तर्गत छपन्न भोग, भजन कीर्तन, महाप्रसाद र भन्डाराको समेत आयोजना गरिएको छ। समितिका सचिव पप्पु गुप्ताले यस रथ यात्रालाई मधेस प्रदेशकै पहिलो “धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा” भएको दाबी गरे।

 

छपन्न भोग शुक्रबार बेलुकी ७ बजे, महाप्रसाद वितरण शनिबार बिहान ६ बजेदेखि, र भन्डारा कार्यक्रम साँझ ४ बजेदेखि सञ्चालन हुने जानकारी दिइएको छ।

May be an image of one or more people and crowd

समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार, सम्पूर्ण कार्यक्रमको अनुमानित खर्च २५ लाख रुपैयाँ रहेको छ भने सम्पन्न भएपश्चात सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरिने छ।

 

धार्मिक पर्यटनको प्रवर्द्धन, सनातन संस्कृति संरक्षण र सामाजिक एकता सुदृढीकरणका लागि आयोजना गरिएको यो यात्रा अब इतिहासमा एउटा भव्य अध्याय बनेको समितिको विश्वास छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.