logo

पाँच दिने चित्रकला तालिम सम्पन्न

      7/6/2019 गते 00 00 मा प्रकाशित     1200   पटक पढिएको

वीरगंज २१  असार । 
 महिलाहरुलाई लक्षित गरि आयोजित पाँच दिने चित्रकला  तालिम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक सहयोग तथा सहयोगी नेपालको आयोजनामा वीरगंज  ७ मा पाँच दिने चित्रकला तालिम शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

संघीय समाजवादी महिला फोरमकी केन्द्रिय सदस्य सुनिता साहको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रम सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदको सभापतित्वमा सम्पन्न भएको थियो । २० महिला सहभागी रहेको कार्यक्रमको प्रमुख प्रशिक्षक मुकेश महतो नुनिया रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता साहले महिलाहरुलाई रूढीवादी कार्य मात्र नगरेर हरेक क्षेत्रमा सक्रिय सहभागिता देखाउन आग्रह गरिन । उनले महिलालाई थप सशक्त बनाउन यस्ता तालिम र कार्यशाला आवश्यकता रहेको बताइन ।

त्यसैगरि सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले कलाकारितालाई पेशाका रुपमा लिएर अगाडि बढ्न सकिने बताए । उनले आज विश्वमा धेरै कलाकारहरु चित्र बनाएर लाखौँ आम्दानी गरिरहेको बताए । अहमदले सहयोगी नेपाल संस्थाले आगामी दिनमा पनि यस्ता थप तालिमहरु आयोजना गर्ने जानकारी गराउदै वीरगंज महानगरपालिकालाई तालिम आयोजना गर्न सहयोग गरेकोमा धन्यबाद व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं। ७ का वडा सदस्य, सहयोगी नेपालको तर्फबाट किरण गिरि, शसिकान्त सर्राफ र आशु सर्राफलगयातको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

अपहरण अभियोगमा चार जना पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज ।  कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.