logo

सुवर्णपुरमा करोड बढीको लागतमा स्वीमिङ्ग पूल निर्माण, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २० गते ०७: ३७ मा प्रकाशित     449   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा शनिवार  एक विशेष समारोहका बीच ओभी स्वीमिङ पुल एण्ड होटलको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

 

प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी र ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रुपमा पुलको उद्घाटन गरेका हुन । 


स्थानीय व्यवसायी  विक्रम बम्जनद्वारा व्यावसायिक रूपमा स्थापना गरिएको ओभी स्वीमिङ पुल एण्ड होटेल चुनौतीपूर्ण परिस्थितिका बाबजुद आफ्नै गाउँमा लगानी गर्न आँट गरेको पक्ताहरुले प्रशंसा गरे ।

 

 करिब एक करोड बढीको लगतमा  निर्माण गरिएको पुल  पर्सा जिल्लाको ग्रामीण भेगमा स्थापना भएको पहिलो आधुनिक स्वीमिङ पुल भएको स्थानीयवासीहरूको दाबी छ ।

स्वीमिङ पुल एण्ड होटलमा स्वीमिङको सुविधासँगै जन्मदिन, विवाह, वर्षगाँठ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न मिल्ने व्यवस्था गरिएको सञ्चालक बम्जनले जानकारी दिए  । पुल निर्माणले  ठोरी क्षेत्रको स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने  विश्वास व्यक्त गरिएको छ ।


उद्घाटन समारोहलाई अझ रोचक बनाउन गायक सुनिल पण्डित, चर्चित डान्सर सिमरण अधिकारी तथा चितवन र काठमाडौँबाट आएका डान्सर समूहहरूले वेजोड सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए, जसले उपस्थित दर्शकहरूलाई विशेष मनोरञ्जन प्रदान गरेको थियो ।


उद्घाटन समारोहको अध्यक्षता सञ्चालक विक्रम बम्जनले गरेका थिए  । प्रदेश सभा सदस्य  शंकर प्रसाद चौधरी, विशिष्ट  ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर पूर्व अध्यक्ष  पिएल श्रेष्ठ, बीओपीका डिएसपी आनन्द खड्का, मानबहादुर थिङ, लेखमान थापा, सन्तोष श्रेष्ठ, खगेन्द्र श्रेष्ठ लगायत स्थानीय समाजसेवी तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.