logo

वीरगंज महानगरको आगामी चुनावमा पार्टी भित्रैबाट उम्मेदवार चयन हुन्छः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १८ गते ०६: ०७ मा प्रकाशित     440   पटक पढिएको

वीरगञ्ज। नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको शपथ ग्रहण तथा सम्मान कार्यक्रम विहिवार वीरगञ्जको क्लासिक बैंक्वेटमा सम्पन्न भएको छ । 

 

शपथ ग्रहण कार्यक्रममालाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव  योगेश भट्टराईले निर्वाचनको नतिजा सबैले स्वीकार्नुपर्ने र पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।


उनले पार्टीको सिद्धान्तको बिषयमा बिवाद नरहेको नेतृत्वका बिषयमा समस्या नरहेको संगठनका बिधि पद्धतीका बिषयमा समस्या नरहेको बेला गुटबन्दीपूर्ण क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताए । 

 

भट्टराईले आगामी निर्वाचनमा एमालेबाटै प्रतिनिधि चयन गरी चुनाव लडाइने पनि बताउदै बजेट निर्माणको समय भएकाले मधेश प्रदेशको बजेटका लागि प्रधानमन्त्रीसँग भेटघाट भएको र मधेश प्रदेशमा राम्रो बजेट आउने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य एवं मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले वीरगंज महानगर कमिटीले आउने निर्वाचनमा बिजय प्राप्त गर्ने काम गर्न निर्देशन दिए । उनले पार्टीलाई एकताका साथ परिचालन गन आवश्यक रहेको चर्चा गर्दै महानगरले त्यो दिाशामा काम गर्ने बिश्वास ब्यक्त गरे । 


कार्यक्रममा नेकपा एमालेका वीरगंज महानगर कमिटीका इन्चार्ज विचारी यादवले पार्टीका केही नेताहरुले शपथग्रहण कार्यक्रमको अवमूल्यन गरेको जिकिर गरे । उनले पार्टी भित्र लेटरप्याडहरु चोरी हुने अनधकृत कामहरु बढ्दै गएकोले त्यसलाई रोक्न आवश्यक रहेको बताए । 


कार्यक्रमा पार्टी महानगर कमिटीले महानगर भित्रका २ सय ५५ जना पुराना कम्युनिष्ट नेता तथा कार्यकर्ता सेल्टरदाता लगायतलाई गम्छा लगाई सम्मान पत्र दिएर सम्मान गरेको थियो ।

 

त्यसैगरि नेपाल  पत्रकार महासंघको केन्द्रीय लेखा संयोजकमा निर्वाचित के.सी.लामिछाने, प्रदेश अध्यक्षमा निर्वाचित श्याम बन्जारा, प्रेस चैतारीका मधेश इन्चार्ज अच्यूत पौडेल, प्रदेश अध्यक्ष लालबाबु शेख, जिल्ला अध्यक्ष निरन्जन मिश्र चिकित्सकहरु डा. प्रमोद सर्राफ डा.बिजय खनाल नसिंङ्ग क्याम्पसमा निर्वाचित स्ववियुका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता, नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह, पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,मधेश प्रदेश खेलकुद मन्त्री प्रमोद जैसवाल,  वीरगंज महानगर संस्थापक प्रमुख  विजय कुमार सरावगी, जालिम मियाँ, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने महानगरका अध्यक्ष नवराज शर्माले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा एमालेका नेता पूर्व केन्द्रीय सदस्य प्रल्हाद गिरी, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुश्वाहा,  नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.