logo

धान उत्पादनमा वृद्धि ,आत्मनिर्भरता र समृद्धि भन्दै धान दिवस मनाइदै,नारा ब्यवहारमा उतार्नै समस्या

      6/29/2020 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

“धान उत्पादनमा वृद्धि ,आत्मनिर्भरता र समृद्धि” यस वर्ष अर्थात १७ औ धान दिवसको नारा राहेको छ । 
‘मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५ । 


किसान सग आवद्ध संघ संगठन र सरकारहरु धान दिवस मनाईरहेका छन । धान दिवसको अवसर पारेर कर्णली प्रदेश सकारले सार्वजनीक बिदा घोषणा गरेको छ । 


 यता पर्सामा नेपाल किसान सङ्घका केन्द्रीय सदस्य बिरेन्द्र यादवको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको बैरियामा धान दिवस मनाइएको छ । धान दिवसमा नेताहरुले धान रोपेर दिवस मनाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो । 

 

 कार्यक्रममा प्रमुख नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,पर्सा जि. बि. स. पूर्व सभापति जनार्दन सिह क्षेत्री ,बिरेन्द्रलाल नेपाली ,सम्बिधान सभा सदस्य रामेश्वर रौनियार,नेताहरु प्रकाश उपाध्याय,डा कृपासिन्धु चौधरी,साबिर अँसारि डा. प्रमोद कुशवाहा, दिना गुप्ता ,रोशन लामिछाने,बैकुण्ठ श्रीवास्तव,अशोक गुप्ता वडा अध्यक्ष दिपेन्द्र पटेल,वडा सभापति मोतिरहमान,लगायतको ुहभागिता रहेको थियो । 


यस्तै कृषि ज्ञान केन्द्र पर्साले धान दिवसको अवसर पारेर रोपाईमा प्रविधिको प्रयोग गरेको छ । मेशिनद्वारा धान रोपिएको हो । मेशिनको प्रयोग पछि ६० प्रतिशत जनशक्ति धान रोपाईकालागि कम लाग्ने बताइएको छ । 

 

मध्य तराई अन्नको भण्डार समेत हो । पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गर्दै आइरहेका छन् ।

 

पानीको अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा हालसम्म ४० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको  कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवको भनाई छ । भारतीय पक्षले  गण्डक नहरमा समयमा पानी नछोड्दा यस वर्ष धानखेती प्रभावित हुने उहाँको भनाई छ । 

 

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा पर्सा बारा रौतहटका किसानले साना सिँचाइ, आकाशे वर्षा तथा खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहटमा ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ तर समयमा पानी नआउँदा यसपालि धान रोपाइँ ढिलो भएको किसान बताउछन । 

 

अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारतमाथिको परनिर्भता बढ्दै गएको छ ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको हो ।

सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुरी फलाउने काम सपना जस्तो भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.