logo

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

परम्परा, पहिचान र सहअस्तित्वको सन्देशसहित नयाँ वर्षको स्वागत

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ५ गते ०४: २० मा प्रकाशित     549   पटक पढिएको

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

वीरगञ्जमा र्‍यालीसहित नयाँ वर्षको स्वागत

वीरगञ्ज नेवाः खल ले बिहानै शहर परिक्रमा गर्दै शुभकामना आदान–प्रदान तथा परम्परागत नाचगानसहित नेपाल संवत् मनाएको हो।

 

 सहभागीहरूले नेवारी पोशाक, बाजागाजा र सांस्कृतिक झाँकीमार्फत समृद्ध नेवा सभ्यताको झल्को प्रस्तुत गरेका थिए।

र्‍यालीपछि अलखिया मठनजिक रहेको राष्ट्रिय विभूति शंखधर साख्वा पार्कमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो।

 

 कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेवाः खलका पदाधिकारी, स्थानीय अगुवाहरू र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

समुदायले नेपाल संवत् प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा प्रति श्रद्धा अर्पण गर्दै सहअस्तित्व, समृद्धि र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको बताएको छ।

 

ठोरीमा “न्हुँ दँया भिन्तुना” विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

 

नेपाल संवत् ११४६ को उपलक्ष्यमा ठोरी गाउँपालिका–४, राई धारामा “न्हुँ दँया भिन्तुना” ९नयाँ वर्ष० विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

 

नेवाः देय् दबु ठोरीको आयोजनामा भएको सो कार्यक्रमले स्थानीय क्षेत्रको सांस्कृतिक विविधताको जीवित झल्को प्रस्तुत गर्‍यो।

 

कार्यक्रमको शुभारम्भ बिहानै बिजयबस्ती चौकबाट मोटरसाइकल र्‍यालीद्वारा गरिएको थियो। र्‍यालीमा सहभागी युवायुवतीहरूले नेपाल संवत र राष्ट्रिय झण्डा बोकी सांस्कृतिक पोशाकमा रंगीन प्रदर्शन गरेका थिए।

 

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, नेवा खल अध्यक्ष रामबहादुर श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

सभामा वक्ताहरूले नेपाल संवतलाई देशको मौलिक संवत् भन्दै यसको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्त्वबारे प्रकाश पारे। उनीहरूले “नेपाल संवत हाम्रो गौरव हो, यसलाई सबै समुदायले अपनाउन जरुरी छ” भन्ने सन्देश पनि दिए।

 

कार्यक्रममा स्थानीय कलाकारहरूको गीत, नृत्य र नेवारी सांस्कृतिक प्रस्तुतीले वातावरण झनै उत्साहपूर्ण बनेको थियो। अन्त्यमा सहभागीहरूले एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष ११४६ को सफलताको कामना गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.