logo

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

परम्परा, पहिचान र सहअस्तित्वको सन्देशसहित नयाँ वर्षको स्वागत

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ५ गते ०४: २० मा प्रकाशित     333   पटक पढिएको

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

वीरगञ्जमा र्‍यालीसहित नयाँ वर्षको स्वागत

वीरगञ्ज नेवाः खल ले बिहानै शहर परिक्रमा गर्दै शुभकामना आदान–प्रदान तथा परम्परागत नाचगानसहित नेपाल संवत् मनाएको हो।

 

 सहभागीहरूले नेवारी पोशाक, बाजागाजा र सांस्कृतिक झाँकीमार्फत समृद्ध नेवा सभ्यताको झल्को प्रस्तुत गरेका थिए।

र्‍यालीपछि अलखिया मठनजिक रहेको राष्ट्रिय विभूति शंखधर साख्वा पार्कमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो।

 

 कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेवाः खलका पदाधिकारी, स्थानीय अगुवाहरू र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

समुदायले नेपाल संवत् प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा प्रति श्रद्धा अर्पण गर्दै सहअस्तित्व, समृद्धि र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको बताएको छ।

 

ठोरीमा “न्हुँ दँया भिन्तुना” विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

 

नेपाल संवत् ११४६ को उपलक्ष्यमा ठोरी गाउँपालिका–४, राई धारामा “न्हुँ दँया भिन्तुना” ९नयाँ वर्ष० विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

 

नेवाः देय् दबु ठोरीको आयोजनामा भएको सो कार्यक्रमले स्थानीय क्षेत्रको सांस्कृतिक विविधताको जीवित झल्को प्रस्तुत गर्‍यो।

 

कार्यक्रमको शुभारम्भ बिहानै बिजयबस्ती चौकबाट मोटरसाइकल र्‍यालीद्वारा गरिएको थियो। र्‍यालीमा सहभागी युवायुवतीहरूले नेपाल संवत र राष्ट्रिय झण्डा बोकी सांस्कृतिक पोशाकमा रंगीन प्रदर्शन गरेका थिए।

 

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, नेवा खल अध्यक्ष रामबहादुर श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

सभामा वक्ताहरूले नेपाल संवतलाई देशको मौलिक संवत् भन्दै यसको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्त्वबारे प्रकाश पारे। उनीहरूले “नेपाल संवत हाम्रो गौरव हो, यसलाई सबै समुदायले अपनाउन जरुरी छ” भन्ने सन्देश पनि दिए।

 

कार्यक्रममा स्थानीय कलाकारहरूको गीत, नृत्य र नेवारी सांस्कृतिक प्रस्तुतीले वातावरण झनै उत्साहपूर्ण बनेको थियो। अन्त्यमा सहभागीहरूले एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष ११४६ को सफलताको कामना गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.