logo

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक ४ गते ०८: ५८ मा प्रकाशित     683   पटक पढिएको

 ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

 

मंगलवार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टोलीले हनामी बीएफसी, भरतपुरलाई ट्राइबेकरमा ५–४ ले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।

May be an image of one or more people and text

 निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि नतिजा ट्राइबेकरमार्फत तय गरिएको थियो।

खेलको क्रममा हनामी बीएफसीले पाएको पेनाल्टी प्रहारलाई प्रतिभाका गोलकिपर युनिस चौधरीले शानदार बचाउ गर्दै टोलीलाई प्रतिस्पर्धामा टिकाइराखेका थिए।

May be an image of one or more people

उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ दुवै घोषित भए। सोही क्रममा शिरीष थापा लाई प्रतियोगिताको ‘बेस्ट प्लेयर’ उपाधि प्रदान गरिएको छ।

 

दुवै टोलीले खेलभर आक्रमक प्रदर्शन गरे पनि निर्णायक क्षणमा आयोजक टोलीले उत्कृष्ट संयम र समन्वय देखाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।

 

खेलको क्रममा हनामी बीएफसीका निर्मल घिसिङले गरेको फलपछि रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित भएको थियो।

यस संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधि सुजल डङ्गोलले प्राप्त गरेका छन्।

May be an image of ‎text that says '‎م COLDCUP चाेीगोल्छा 2082 चौथो सवनाय स्व्जायर राम मकाबर डेच्ळको ह्मूत्िमा 7E ठोरी गाएडकप 2 आयाजक प्रतिभा यवा क्लब एव बिजयवस्ती युवा कसब‎'‎

फाइनल खेल प्रतिभा युवा क्लबका अध्यक्ष गोपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

 

विशिष्ट अतिथिहरूमा उपाध्यक्ष गोकुली रेग्मी, वडा नं. ४ का अध्यक्ष मानबहादुर थिङ, वडा नं. ५ का अध्यक्ष अष्टबहादुर लोप्चन, नेवा खलका अध्यक्ष रामबहादुर श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, र नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

May be an image of ‎text that says '‎ح Y P‎'‎

प्रमुख अतिथि श्रेष्ठले बिजयी टीमलाई ३ लाख  र उपबिजेता टिमलाई १ लाख ७५ हजार पुरस्कार बितरण गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.