logo

एक क्वीन्टल गाँजा सहित सात जना पक्राउ 

      1/4/2021 गते 00 00 मा प्रकाशित     867   पटक पढिएको

प्रहरीले १ क्वीन्टल ५ केजी गाँजा सहित ७ जनालाई आज बीरगंजबाट पक्राउ गरेको छ  । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित लालपर्सा जाने बाटो बाट उनीहरुलाई प्रहरीले पक्रेको हो । उनीहरुले ना ६ ख ६५२५ नम्बरको ट्रकमा गाँजा लोड गरेको गाडी पनि प्रहरीले बरामद गरेको छ । 

 

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३२ वर्षका लक्ष्मण सिटौला, २४ वर्षका विजय तामाङ, १८ वर्षका प्रभात तामाङ, कलैश गाउँपालिका १० बस्ने २६ वर्षका रामलाल गोले, धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका १ बस्ने ३७ वर्षका निरज लामा, चितवन राप्ती नगरपालिका २ बस्ने ५० वर्षका रानुलाल तामाङ र पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ बस्ने ५१ वर्षका सहिद मिया आलम रहेका छन् ।


लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ट्रकमा ७ वटा पोकामा १५ केजीको दरले गाँजा लोड गरिएको अवस्थामा बरामद गरेको हो।


गाँजासहित पक्राउ परेका सातैजनालाई प्रहरी हिरासतमा राखी लागुऔषध कसुर सम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.