logo

बीरगंजमा बुबाको साथीबाट बालिकाको बलात्कार

      1/24/2021 गते 00 00 मा प्रकाशित     886   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं २ छपकैयामा ११ वर्षिया बालिका आफनै बुबाको साथीबाट बलात्कृत भएकी छिन ।

 

बलात्कार आारोपी भारत बिहार राज्यको पूर्वी  चम्पारणका स्थायी बासिन्दा ३६ वर्षिय नेहाल मियालाई पर्सा प्रहरीले शनीवार छपकैयाबाट  पक्राउ गरेको छ । शुक्रवार बेलुका १० बजे मियाले बालिकाको घरमै गएर बालिकालाई बलात्कार गरेका थिए ।

 

बलात्कार गरेर फरार रहेका मियाँलाई प्रहरीले पक्राउ गरेर आइतबार  पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानकालागि न्यायीक हिरासतमा राख्ने छ। 

वीरगञ्जमा कोठा खोज्न आएका मियाँ बालिकाको घरमा पाहुन बनेर बसेका थिए । शुक्रवार राती उनले बालिकालाइृ बलात्कार गरेका थिए ।

 

बालिकाले प्रतिवाद गरेर चिच्याएपछि उनी फरार भएका थिए ।  पीडित बालिकाको परिवार पनि भारत बिहारको पूर्वी चम्पारणका स्थायी बासिन्दा हुन । उनीहरु पनि बीरगंजमा रोजगारीको सिलसिलामा डेरामा बस्दै आएका हुन । 

फरार रहेका मियाँलाई प्रहरीले पक्राउ प्रहरीले अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रहरी नायव उपरिक्षक मनोजीत कुँवरले जानकारी दिनु भयो ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भएपनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएको  उहाँले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.