logo

नाटकीय शैलीलाई अंगालेको गणेश लाठको क्षमदान भब्य समारोहवीच बिमोचन  

      3/7/2021 गते 00 00 मा प्रकाशित     700   पटक पढिएको

इसीमाना सम्वाददाता
बीरगंज २३ फाल्गुण २०७७

बीरगंजका उद्यमी तथा साहित्यकार गणेश लाठको अर्को कृति क्षमादान उपन्यासको बीरगंजमा आयोजीत एक भब्य कार्यक्रमकावीच बिमोचन गरिएको छ ।

 

बीरगंजको र्जन भवनमा आइतवार आयोजना गरिएको एक भब्य कार्यक्रममा साहित्यकार मुकुन्द अचार्य, भूषिता बशिष्ठ, सुजैन मास्के बालगोपाल थापा र गणेश लाठले संयुक्त रुपमा पुस्तकको बिमोचन गर्नु भएको हो । 


पाठशाला नेपालले आयोजना गरेको कार्यक्रममा भूसिता बशिष्ठ र क्षमादानका लेखक गणेश लाठका वीचमा अन्तरसम्वाद गरिएको थियो । लाठ लेखनमा कसरी आउनु भयो ।

उहाँका कृतिका पात्रहरुको चयन र प्रस्तुतीमा के कस्तो प्रभाव रह्यो । एउटा ब्यवसायी साहित्य सृजनामा लाग्दा समाज साथीभाईले दिने प्रतिक्रिया कस्ता रहे र क्षमदान कुन परिवेशमा कसरी लेखियो भन्ने बिषयमा अन्तरसम्बाद  गरिएको थियो ।

 

अन्तरसम्वाद निकै रोचक भएको सहभागिहरुले बताए । स्रोताहरुको तर्फबाट पनि लेखक लाठ संग दोहोरो सम्वाद भएको थियो । उहाँका पहिलाका कृतिहरुसंग समबन्धीत रहेर पाठकले जिज्ञासाहरु राख्नु भएको थियो । 
पाठशालाका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार चन्द्रकिशोरले उपन्यासको बारेमा टिप्पणी गर्नु भएको थियो । के.सी.लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा पाठशाला नेपालका कोषध्यक्ष  बीरेन्द्र शाहले धन्यवाद मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


उपन्यासले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।

 

प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर बिरगंजमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो । त्यसैले क्षमादान किताबले त्यही नाटकीय शैलीलाई अंगालेको छ ।

 

लाठका अन्य कृतिमा पनि त्यासको प्भाव देखिन्छ । लाठको पछिल्लो एउटा कृति छमिया पनि त्यसबाट अछुतो छैन । भारतीय फिल्म शोलेमा गब्बर सिंहले बोलेको एक सम्वादमा परेको यो शब्द उहाँको कृतिको शिर्ष नाम बनेको छ ।   


नेपाली बजारका निम्ति गणेशप्रसाद लाठको पुस्तक क्षमादानको मूल्य रू ४९५ तय गरिएको छ । किताब देशका प्रमुख पुस्तक पसलहरूमा सहज उपलब्ध हुनेछ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.