logo

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २५ गते ११: ०५ मा प्रकाशित     170   पटक पढिएको

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

 

महानगरले कर प्रणाली पारदर्शी, कानुनी र समावेशी ढंगले लागू गर्न महानगर कटिबद्धता सार्वजनीक गरेको छ । 


बहाल कर प्रणालीलाई व्यवस्थित, कानूनी र उत्तरदायी बनाउन महानगरले घरधनीहरुसँगै छलफल प्रारम्भ गरेको छ  ।

 महानगरले यसलाई अभियानकै रुपमा संचालन गर्ने जनाएको छ । अभियानसंगै घर बहाल कर संकलनलाईलाई पनि अगाडि बढाउने महानगरको तयारी छ ।

आधुनिक वीरगंजको निर्माणलाई अभियानले साथ दिने महानगर प्रमुख राजेशमान सिंहको बिश्वास रहेको छ । महानगरको पूर्वाधार बिकास,सेवा प्रवाहमा गुणत्मकता, नागरिकका बिकास प्रतिको अपेक्षालाई पुरा गर्न महानगर आफैमा आत्मनिर्भर हुनु पर्नेमा महानर प्रमुखले जोड दिएका छन ।


घरधनीहरुले घर बहाल लगाउदा अनिवार्य रुपमा महानगरमा घर बहाल  कर बुझाउनु पर्ने कानूनी  प्रवन्ध छ । कानूनी प्रवन्धको पालनाकालागि महानगर प्रमुखले घरधनीहरुसंग नै साझेदारी गर्दै छलफल प्रारम्भ गरेका छन ।

 

घण्टाघर लिंकरोड  क्षेत्रका घर मालिकहरुसंग महानगरप्रमुखले महानगरका बिभिन्न शाखाका प्रमुखहरु राखेर छलफल गरेका छन ।

 

छलफल घरधनीहरुले पनि घर बहाल कर तिर्नु पर्ने कानूनी प्रवन्धलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन । महानगरप्रमसख सिंहले सबै घरधनीलाई बहाल कर तिरेर महानगरको सहयोगीको रुपमा उभिन सबैलाई अनुरोध समेत गरेका छन ।


छलफलमा घर बहाल करका विषयमा उठेका प्रमाण र कागजातहरूलाई महानगरको नक्सा शाखा र राजस्व शाखाले संयुक्त टोली बनाई स्थलगत अनुगमन गर्ने निर्णय भएको छ । उक्त टोलीले बहालमा रहेका सम्पत्तिहरूको भौतिक निरीक्षण गरी अभिलेख अद्यावधिक गर्नेछ ।

यदि कुनै संरचना नक्सा पासको विपरीत बनेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ । यस्ता संरचनाका मालिकहरूसँग पूर्वसूचना र प्रमाणसहितको प्रक्रिया पूरा गरेर कानुनी कारबाही थालिनेछ ।

महानगरले पटक–पटक पत्राचार गर्दा पनि छलफलमा अनुपस्थित हुने तथा कानुनी दायरामा आउन आनाकानी गर्ने सम्पत्तिधनीहरूमाथि पहिलो चरणमा महानगर र यसका मातहत कार्यालयहरूले उपलब्ध गराउँदै आएको सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी दिएको छ ।

 

 साथै, यस्ता घरधनीहरूको विरुद्धमा अन्य सार्वजनिक सेवा प्रदायक निकायहरूलाई समेत पत्राचार गरेर सेवा प्रवाह रोक्न अनुरोध गरिनेछ ।

छलफलमा उपस्थित नभएका घरजग्गा धनीहरूलाई अन्तिम पटक ४८ घण्टे सूचना दिँदै सबुत प्रमाणसहित महानगरमा उपस्थित भइ प्रक्रिया पूरा गर्न आग्रह गर्ने निर्णय भएको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए ।


बुधबार पहिलो चरणमा घण्टाघर लिंकरोड क्षेत्रका घरधनीहरुसँग छलफल भएको हो । 


छलफलमा लिंक रोड क्षेत्रका घरधनीहरू शंकर प्रसाद जयसवाल, संजय प्रसाद साह, गिरिस प्रसाद सिंह लगायतको सहभागीता थियो । उनीहरूले महानगरको प्रयासलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

 

महानगरपालिकाको तर्फबाट राजस्व महाशाखा प्रमुख मनोज कर्ण, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, कानुन शाखाका इश्वर बराल र नक्सा शाखाका गौरव झाले घरधनीहरूलाई बहाल कर, संरचनाको नक्सा पारित प्रक्रिया र प्रचलित कानुनी व्यवस्थाहरूको विस्तृत जानकारी गराएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.