logo

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २६ गते ०७: ३१ मा प्रकाशित     1284   पटक पढिएको

काठमाडौं । चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको बताए ।

 

 उनले भने, –‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु ।’

रेडलाइन्स फिल्म प्रा.लि. को ब्यानरमा निर्माण हुने यस चलचत्रिलाई पी.बी. थापाले एकल रुपमा लगानी गर्दैछन् । निर्माता थापाले यो चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए ।

 

 थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन्। बाँकी कुरा सुभमुहुर्त कार्यक्रममा बोल्नेछौं ।’

फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ ।

 

निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने बिषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए ।

 

 यद्यपि, चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि–प्रोडक्सनको काम भैरहेको बुझिएको छ । निर्देशक विश्वकर्माका आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ ।चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन ।

टाइटल अनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन । निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्देशक विश्वकर्माको चलचित्र ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शनमा आउँदैछ। उनले पछिल्ला वर्षमा निर्देशनमा सक्रियता बढाएका छन् र ‘राजकुमारी’ मार्फत आफूलाई पूर्णरूपमा निर्देशकको रुपमा स्थापित गर्ने दाबी गरेका छन्।

नेपाली चलचित्र उद्योगमा नवप्रवेशी ऊर्जा र मौलिक कथावस्तुको खोजी भइरहेको बेला ‘राजकुमारी’ ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। चलचत्रिको काठमाडौंमा अधिघकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.