logo

मालवाहक कन्टेनर ढुवानी गर्ने सीपीङ कम्पनीसंग डिटेन्सन शुल्क मिनाहकालागि पहल गर्न उधोगीको माँग

      5/24/2020 गते 00 00 मा प्रकाशित     1349   पटक पढिएको

नेपालमा तेश्रो मुलुकबाट आयात गरिने मालवाहक कन्टेनर ढुवानी गर्ने सीपीङ कम्पनीले डिटेन्सन शुल्कहरु माग गर्न थालेकोले छुट गराउन पहल गर्न उद्योगीहरुले  सरकारसँग गरेका छन् ।

 

कोरोना भाईरस कोभिड १९ को महामारी रोकथामका लागि विभिन्न देशहरुले गरेको लकडाउनले संसारभरका पारवहन सेवा प्रभावित भएको र भारत सरकारले आप्mनो सबै बन्दरगाहमा लकडाउन अवधिभर सबै किसिमका शुल्कहरु छुट गरेको छ ।

 

तेश्रोमुलुकबाट भारतको समुद्रमार्ग हुदै नेपालमा आयात गरिएका मालवाहक कन्टेनरहरुको शुल्क भारतको कोलकत्ता, विशाखापटनम र हल्दिया बन्दरगाहमा छुट गरिएको भएपनि नेपालको वीरगन्ज स्थित सुक्खा बन्दरगाहसम्म कण्टेनर ढुवानी गर्ने कतिपय सीपीङ कम्पनीहरुले कोरोना महामारी रोकथामका लागि जारी लकडाउनको अवधिभर डिटेन्सन शुल्क छुट घोषणा गरेका छैनन ।  

 

सीपीङ कम्पनीहरुले नेपालका आयातकर्ताहरुसँग डिटेन्सन शुल्क मिनाह गर्ने संभावना नरहेकोले शुल्क छुट गराउन पहल गर्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको हो ।

 

यसअघि भारतको कोलकत्ता पोर्ट ट्रष्टले पनि कोरोना महामारीको रोकथामका लागि गरिएको लकडाउन अवधिभरको कुनैपनि शुल्क नलिन पत्रचार गरेको थियो । भारतले सबै सीपीङ कम्पनीहरुलाई डिटेन्सन शुल्क छुट गराएको छ ।

 

तर, नेपालका लागि भने सीपीङ कम्पनीहरु अहिले मौन रहेकोले यसको डिटेन्सन शुल्क माग गरे नेपालबाट अर्बौ रुपैंया विदेशिने सम्भावना देखिएकोले नेपाली व्यावसायीहरु चिन्तित भएका छन् । यसको पहल गर्न सरकारसँग वीरगन्ज उद्योग वाणिज्य संघले संस्थागत रुपमा नै माग गरेको छ ।

 

विगतमा भएको ६ महिनाको मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको समयमा पनि नेपालका आयातकर्ताहरुबाट सीपीङ कम्पनीहरुले अर्बौ रुपैंया विभिन्न शुल्कको नाममा असुल गरेको स्मरण गराउदै लकडाउनको अवधिमा पनि डिटेन्सन शुल्क लिए नेपालको अर्बौ रुपैंया बाहिरिने निश्चित  छ ।

 

यसलाई रोक्नका लागि पहल गर्न सरकारसँग माग गरेका हुन् । अहिले जारी लकडाउनका कारण वीरगन्जको सुक्खा बन्दरगाहमा विभिन्न मितिमा आयात भएका करिब चार हजार कन्टेनरहरु रोकिएको र यसको प्रतिकन्टेनर सीपीङ कम्पनीले १२ हजारदेखि  १५ हजारसम्म प्रतिदिनको विलम्व शुल्क लागिरहेको छ ।

 

यसले नेपालको अर्बौ रकम बाहिरिने र नेपाली आयातकर्ताहरुको व्यवसाय पनि धरासायी हुने उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताउनुभयो ।

 

नेपालमा विभिन्न समयमा आयात गरिएका मालवाहक कन्टेनरको कागजपत्रहरु समयमा प्राप्त नभएको, लकडाउनका कारण नेपालमा ढुवानीका लागि सवारी साधन उपलब्ध नभएको तथा बैंकीङ कारोबार तथा जनशक्ति आवतजावतमा पनि अवरोध हुँदा भन्सारमा आएको सामान पास नहुँदा हजारौं कन्टेरनहरु रोकिएको र त्यसको विलम्व शुल्क सीपीङ कम्पनीले लिएमा नेपालका व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने देखिएकोले तत्काल यसको समस्या समाधानका लागि पहल गर्न सरकारसँग माग गरेका हुन् ।

 

अहिले लकडाउनको अवस्थामा सहज रुपमा मालसामान पास गरेर गन्तव्यसम्म पु¥याउन सक्ने अवस्था नरहेकोले तेश्रो मुलुकबाट आयातित  मालवस्तुको कन्टेनरमा लकडाउन अवधिभरको शुल्क छुट गराउन सीपीङ कम्पनीहरुसँग पहल गर्न माग गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.