logo

किसानको आन्दोलनका कारण पछि हट्यो लालबन्दी नगरपालिका

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते १०: ५९ मा प्रकाशित     1084   पटक पढिएको

लालबन्दी । लालबन्दी नगरपालिकाले तरकारीमा लगाएको निकासी कर फिर्ता लिएको छ । करका कारण निकासी नै रोकिएपछि आक्रेशित किसान आन्दोलनमा उत्रे पछि नगरपालिका पछि हटेको हो ।

 

 

निकासी करका कारण व्यापारीले तरकारी खरिद नगरेपछि आक्रोशित किसानहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

 

 किसानको आन्दोलनका कारण नगरपालिका आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।यद्धपी नगरपालिकाको दीगो बिकासकोलागि निकासी कर लगाउनु नजायज भने होइन । 

आइतबार बिहानैदेखि, व्यापारीले तरकारी नकिनेको भन्दै किसानहरूले लालबन्दी बजार क्षेत्रमा प्रदर्शन गरेका थिए ।

 

 उनीहरूले बिक्रीका लागि ल्याएको टमाटर, बोडीलगायत तरकारी सडकमै तेर्स्याएर पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प पारेका थिए । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको किसानहरूको भनाइ थियो ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन र हजारौँ यात्रु राजमार्गमै अलपत्र परेका थिए । लामो दूरीका सवारीको लामले लालबन्दी बजार अस्तव्यस्त बनेको थियो भने यात्रुले दिनभर सास्ती खेप्नुपरेको थियो ।

 

लालबन्दी नगरपालिकाले साउन १ गतेदेखि तरकारी निकासी गर्दा कर लगाउने निर्णय गरेको थियो  ।

 

 
साउन २ गते बसेको नगर कार्यपालिकाको बैठकले नै ‘अर्को व्यवस्था नहुन्जेलका लागि’ कर स्थगन गर्ने निर्णय गरेको  छ । नगरपालिकाको यो निर्णयसँगै बजार तथा राजमार्ग सुचारु भएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.