logo

राजस्व बुझाउन  सिमेन्ट उद्योगलाई मधेश सरकारले गर्यो पत्राचार

 इसीमाना सम्बाददाता     २०८२ भदौ ६ गते ०६: ३३ मा प्रकाशित     504   पटक पढिएको

 जनकपुरधाम । मधेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरूलाई राजस्व बुझाउन पत्राचार गरेको छ।

 

प्रदेश सरकारको हिस्सा पर्ने राजस्व प्रदेश सञ्चित कोषमा दाखिला गर्न अर्थ मन्त्रालयले पत्राचार गरेको हो।

 

अर्थ मन्त्रालयका अनुसार पर्साका विश्वकर्मा, जगदम्बा, आरएमसी र नारायणी सिमेन्ट, बाराका अम्बे र नेपाल सालिमार सिमेन्ट, सिरहाका सौर्य र मारुती सिमेन्ट तथा धनुषाको कशमस सिमेन्टलाई पत्र पठाइएको छ।

 

मधेश प्रदेश आर्थिक ऐन, २०८२ अनुसार प्रदेशभित्रका सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टको निकासी गर्दा प्रतिबोरा (५०) केजी)को  एक रुपैयाँ दरले ‘वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर’ बुझाउनुपर्ने व्यवस्था छ।

 

मधेश प्रदेश आर्थिक ऐन, २०८२ को दफा १० को उपदफा (१) मा मधेश प्रदेशभित्र रहेका सिमेन्ट उत्पादन गर्ने उद्योगहरूले राजस्व बुझाउनु पर्ने ब्यवस्था गरेको छ ।

 

यस्तै, आर्थिक वर्ष २०८१र८२ को शुल्क पुस मसान्तभित्र बुझाएमा अघिल्ला वर्षका वातावरण प्रदूषण शुल्क र जरिवाना छुट हुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

 

बाँकी शुल्क घरेलु तथा साना उद्योग कार्यालयमा समयमै दाखिला नगरे नियमानुसार कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.