logo

हतारको पत्रकारिताले  विश्वसनीयतामाथि प्रश्न उठाएको छः अध्यक्ष शर्मा

 इसीमाना सम्बाददाता     २०८२ भदौ १२ गते १०: ३० मा प्रकाशित     434   पटक पढिएको

वीरगन्ज ।नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूलाई हतारको पत्रकारिताभन्दा सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न अपिल गरेकी छिन । 

 


वीरगंजबाट प्रकाशीत हुदै आएको मध्य नेपाल सन्देश साप्तहिक पत्रिकाको दशौ वार्षिकोत्सव समारोहलाई समबोध गर्दै अध्यक्ष शर्माले डिजिटल पत्रकारिताको यस युगमा हतारमा प्रकाशित हुने समाचारले समाजमा भ्रम फैलाएको र पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको बताइन्।

May be an image of 8 people, dais and text

अध्यक्ष शर्माले पत्रकारहरु पेशागत र भौतीक असुरक्षाको अवस्थाबाट गुज्रीरहनु परेको अवस्थाको बारेमा चर्चा गर्दै राज्यले झनै प्रेस बिरोधी कानून ल्याउने प्रयास गरिरहेको प्रति सबैलाई सचेत रहन अपिल गरिन । उनले नेपाल पत्रकार महासंघ आन्दोलनको मैदानमा रहेको जनाउदै सरकारलाई प्रेस मैत्री कानून ल्याउन अपिल गरिन ।  

May be an image of 8 people, dais and text that says 'पाल पालसन्दश सन्दश काहिक पतिकाको दशै न सिडेशा 1号'
 वीरगन्जबाट प्रकाशित हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सव अवसरमा पत्रकारिताको माध्यमबाट मधेश प्रदेशमा महत्वपूर्ण योगदान पुर्‍याउने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ। उनीहरुलाई महासंघ अध्यक्ष शर्माले पुरसकार प्रदान गरेकी हुन ।

 

यस वर्षको ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ जनकपुरकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिककी मधेश ब्युरो प्रमुख झालाई १५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको हो।

 

त्यसैगरी, पत्रिकाले आफ्ना दुई जना नियमित स्तम्भकारहरूलाई पनि पुरस्कृत गरेको छ। ‘खोजी जवाफदेहिताको’स्तम्भका  स्तम्भकार शिवनाथ प्रसाद यादव र सामाजिक मुद्दामा कलम चलाउँदै आएकी गीता भण्डारीलाई जनही ११ हजार १ सय  रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको छ। यादव र भण्डारी दुवै विगत १० वर्षदेखि मध्य नेपाल सन्देशमा निरन्तर लेख्दै आएका छन्।

May be an image of ‎8 people, dais and ‎text that says '‎1238688 मध्य नेपाल सन्दश साप्ताह ثنت दशा চি मन माह சு ह‎'‎‎
वार्षिकोत्सव समारोहमा महासंघका केन्द्रिय लेखा संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, सामाजिक अभियन्ता, सञ्चारमाध्यमका विभिन्न प्रतिनिधि र नागरिक समाजका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

 

मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको अध्यक्षतामा भएका कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष पत्रकार लक्ष्मी खरेल र  स्वागत मन्तब्य गीत भण्डारीले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.