logo

हतारको पत्रकारिताले  विश्वसनीयतामाथि प्रश्न उठाएको छः अध्यक्ष शर्मा

 इसीमाना सम्बाददाता     २०८२ भदौ १२ गते १०: ३० मा प्रकाशित     259   पटक पढिएको

वीरगन्ज ।नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूलाई हतारको पत्रकारिताभन्दा सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न अपिल गरेकी छिन । 

 


वीरगंजबाट प्रकाशीत हुदै आएको मध्य नेपाल सन्देश साप्तहिक पत्रिकाको दशौ वार्षिकोत्सव समारोहलाई समबोध गर्दै अध्यक्ष शर्माले डिजिटल पत्रकारिताको यस युगमा हतारमा प्रकाशित हुने समाचारले समाजमा भ्रम फैलाएको र पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको बताइन्।

May be an image of 8 people, dais and text

अध्यक्ष शर्माले पत्रकारहरु पेशागत र भौतीक असुरक्षाको अवस्थाबाट गुज्रीरहनु परेको अवस्थाको बारेमा चर्चा गर्दै राज्यले झनै प्रेस बिरोधी कानून ल्याउने प्रयास गरिरहेको प्रति सबैलाई सचेत रहन अपिल गरिन । उनले नेपाल पत्रकार महासंघ आन्दोलनको मैदानमा रहेको जनाउदै सरकारलाई प्रेस मैत्री कानून ल्याउन अपिल गरिन ।  

May be an image of 8 people, dais and text that says 'पाल पालसन्दश सन्दश काहिक पतिकाको दशै न सिडेशा 1号'
 वीरगन्जबाट प्रकाशित हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सव अवसरमा पत्रकारिताको माध्यमबाट मधेश प्रदेशमा महत्वपूर्ण योगदान पुर्‍याउने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ। उनीहरुलाई महासंघ अध्यक्ष शर्माले पुरसकार प्रदान गरेकी हुन ।

 

यस वर्षको ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ जनकपुरकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिककी मधेश ब्युरो प्रमुख झालाई १५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको हो।

 

त्यसैगरी, पत्रिकाले आफ्ना दुई जना नियमित स्तम्भकारहरूलाई पनि पुरस्कृत गरेको छ। ‘खोजी जवाफदेहिताको’स्तम्भका  स्तम्भकार शिवनाथ प्रसाद यादव र सामाजिक मुद्दामा कलम चलाउँदै आएकी गीता भण्डारीलाई जनही ११ हजार १ सय  रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको छ। यादव र भण्डारी दुवै विगत १० वर्षदेखि मध्य नेपाल सन्देशमा निरन्तर लेख्दै आएका छन्।

May be an image of ‎8 people, dais and ‎text that says '‎1238688 मध्य नेपाल सन्दश साप्ताह ثنت दशा চি मन माह சு ह‎'‎‎
वार्षिकोत्सव समारोहमा महासंघका केन्द्रिय लेखा संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, सामाजिक अभियन्ता, सञ्चारमाध्यमका विभिन्न प्रतिनिधि र नागरिक समाजका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

 

मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको अध्यक्षतामा भएका कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष पत्रकार लक्ष्मी खरेल र  स्वागत मन्तब्य गीत भण्डारीले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.