logo

मरिच र केराउको आयातमा सरकारी फूकुवा ,छोकडा बारेमा सरकारी मौनता, निष्पक्षतामाथि उठ्यो गम्भिर सवाल

      9/2/2020 गते 00 00 मा प्रकाशित     1576   पटक पढिएको

सरकारले केराउ र मरिचको आयात खोल्ने निर्णय गरेसंगै बिभिन्न प्रश्नहरु पनि उब्जेको छ  । सरकारले ०७६ चैत महिना अगाडि सिपिङ भएको मरिच र केराउ आयातको प्रतिवन्ध फूकुवा गरे पनि छोकडा आयातको प्रतिवन्ध यथावत राखेपछि सरकारको निष्पक्षता र नियतमाथि नै प्रश्न उठेको हो । 

 


सरकारको एउटै निर्णयबाट सुन, गाडी ,मरिच ,मोटर र छोकडाको आयात प्रतिवन्ध लगाइएको थियो । तर आयात फूकुवा गर्दा सरकारले बिभेदकारी नीति लिएको आयतकर्ताहरुको आरोप छ । बीरगंजको सुख्खा बन्दरगाहको यार्ड सम्म आइपुगेको मरिच आयातकर्ताहरुले धेरै जसोले फिर्ता गरिसकेका छन ।

 

तर छोकडा आयातका हिसावले पनि कम परिमाणको भएपनि  त्यसप्रति सरकारको नीति अनुदार देखिएको छ । सरकारले ०७६ चैत १६ गते प्रतिवन्ध घोषणा गर्दा पनि ब्यपार बिज्ञहरुले छोकडा,मरिच र केराउको आयातको प्रतिवन्धलाई अनुचीत मानेका थिए । 

 


कोरोना भाइरसको संक्रमणको बिरुद्धको घरेलु औषधीमा मरिचको उपचोग बढ्दो छ । मरिचको नेपालमा उत्पादन हुदैन । छोकडामा मानव शरिरकोलागि आवश्यक बस्तुमा पर्छ त्यसको उपयोगले शरिरलाई ताकत दिन्छ ।

 

र केराउ गेडागुडी रोग प्रतिरोधात्मक क्षमताका बृद्धिकालागि आवश्यक हुने भएकोले आयातमा प्रतिवन्ध सरकारी मूर्खताको रुपमा रहेको छ । अहिले नेपालको सबै सीमा सिल भएको अवस्थामा अनधिकृत निकासीको सरकारी तर्कलाई मान्ने हो भने सरकारलाई आफनै संरचना प्रति बिश्वास छैन ।

 

शिल भएको बेलामा तस्करीको माध्यमले भारत निकासी हुन्छ भनेर आयात रोक्नु सरकारीको बहुलठीपन मात्र हो । 


गत वर्षको पहिलो ८ महिनामा ५ अर्व ७६ करोडको केराउ आयात भएको थियो । २ अर्व ९८ करोडको मरिच आयात भएको थियो । छोकडा २ अर्व ४५ करोडको आयात भएको थियो । 


 मरिचलाई आयुर्वेदिक डाक्टरले पनि खान सिफारिस गर्ने गरेका छन् । तर यो स्वदेशमा उत्पादन हँुदैन । हरियो केराउ स्वदेशमा उत्पादन भए पनि पर्याप्त छैन । यीबाहेक छोकडा पनि स्वास्थ्यका लागि प्रतिकूल नभएको अर्थविद् केशव आचार्यले बताउनु हुन्छ । 


अर्थविद् आचार्य भने यस्ता वस्तु अहिले चोरी निकासी हुन नसक्ने दाबी गर्नुहुन्छ। ‘नाका सबै बन्द छन् । खाद्य वस्तु भारततर्फ चोरी निकासी गर्न सम्भव छैन,’ उनले भने, ‘तस्करी हुने कल्पना पनि गर्न सकिन्न ।’ तर सरकार मरिच र केराउमा तस्करी हुने देख्दैन छोकडामा मात्र तस्करी हुने देख्छ ।

 

मंत्रीपरिषदमा प्रस्ताव लैजाने तालुकवाला मंत्रालयका मंत्री र मंत्रालयका सचिवसम्म आयातकर्ताको नजराना नपुगेर छोकडाको आयात खुला नभएको ब्यवसायीहरुको बिश्लेषण रहेको छ । 


विज्ञहरूले सरकारले सवारीसाधन र सुनमा गरेको कडाई  उचित भए पनि केराउ, मरिच र छोकडाको प्रतिबन्ध उचित नभएको तर्क गर्छन् ।
बीरगंजको सुख्खा बन्दरगाहमा करिब ३७ करोड मूल्य बराबरको छोकडाका रोकिएको छ । चैत देखि यत्रो रकमको लगानी अनिर्णय भइरहदा लगानीकर्ता गम्भिर समस्यामा परेका छन । सरकारले ब्यवसाय गर्ने े वतावरण बनाउने जिम्म्ेवारी बोकेछ छ  ।

 

 

तर मरिच केराउ र छोकडाको बिषयमा सरकारको निर्णय न्यायीक नभएको ब्यवसायीको भनाई छ । ब्यवसायीले  आर्थिक चलखेललाई आधार बनाएर सरकार यस्तो निर्णयमा पुगेको भन्दै सरकारी निर्णयको कडा आलोचान गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.