logo

उपचार दिने संस्था जता हे¥यो उतै उ आफै रोगी छः डा रौनीयार

      12/3/2019 गते 00 00 मा प्रकाशित     1143   पटक पढिएको

बीरगंज १७ मंसीर । 
नेपालको सम्बिधानको मालीक हक अन्र्तगत धारा ३५ मा  प्रत्यकध नकगरिकालाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा बाट बन्चित नगरिने उल्लेख छ ।

 

तर ब्यवहारमा  राज्यले यो सेवा प्रवाह गर्न सकेको देखिदैन । पर्साको धोवीनी गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्र त्यसको एउटा उदाहरण बनेको छ ।

सरकारले प्रथामिक स्वास्थ्य केन्द्मा ७४ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने  भने पनि धोवीनी प्रथामिक स्वास्थ्य केन्द्रमा  ५४ प्रकारका औषधी मात्र उपलब्ध रहेको केन्द्र प्रमुख डा.नवनित रौनीयारले बताउनु भयो ।

औषधीको अभावमा सेवा प्रवाहमा समस्या आएको उहाँले बताउनु भयो । ग्रामीण जनजीवन चर गरिवी र पछौटेपन छ हातमा पेसा हुदैन आवश्यक दवाई किन्न सक्ने आर्थिक अधार छैन त्यस्ता नागरिकलाई औषधी दिन नपाउदा मन अमिलो हुने गरेको डा रौनीयारकोे अनुभव छ । 


स्वास्थ्य केन्द्रमा एक्सरे मेशीन छ तर चल्दैन । १ वर्ष जति भयो केन्द्रमा मेशीन जडान भएको तर संचालनमा आएको छैन । एक्सरे मेशीन चलाउन सक्ने रेडियोग्राफीको दरवन्दी छैन । मेशीनलाई आवश्यक पर्ने रशायन पनि छैन डा रौनीयारले भन्नु भयो यति मात्र हो र बिधुत आपूर्ती पनि छैन ।

 

बिजुली आपूर्तीकालागि जडान गरिएको ट्रान्सफर्मर बिग्रिएको १ वर्ष जती भयो बनेको छैन । स्वास्थ्य केन्द्रमा बिधुतको आपूर्ती भने अर्को ट्रान्सफर्मबाट गरिएको डा .रौनीयारले बताउनु भयो । केन्द्र जनशक्ति तर्फ ३ जना स्नातक उपाधी चिकित्सक २ जना अहेव र एक जना ल्याव असिसटेन्ट मात्र रहेका छन ।

 

स्टाफ नर्स एक जना पनि छैन । पहिला जस्तो सेवा प्रवाह भएको थियो समायोजना पछि त्यो पनि दिन नसकिएको डा. रौनीयारको भनाई छ । स्रोत छैन मैले दिन सक्ने सेवा सुविधा समेत दिन सकेको छैन उहाँले भन्नु भयो म आफै काम नपाएर कुन्जो जस्तो भएको छु । 


डा .रौनीयार स्वास्थ्य केन्द्रमा आएको २ महिना जती आयो यो वीचमा सेवा प्रवाह राम्रो बनाउन र स्रोत जुटाउन उहाँले गाउँपालिकाको मुख्यालय पर्साका  सरकारी अड्डा बिभाग सम्म चक्कर लाउनु भयो । बिभागले जसो तसो तीन लाख रुपैयाको सामान दिएको छ अन्यत्र बाट कुनै सहयोग हात लागेको छैन ।


स्वास्थ्य केन्द्रमा जडान भएको बिजुलीको महशुल २ लाख  १४ हजार रुपैया र थियो जसले गर्दा टङान्सर्फमर मर्मत हुन सकेको थिएन । ततकालीन गाविसको  नाममा जडान भएको ट्रान्सर्फमरको मर्मतमा लाग्ने खर्च समेत स्थानीय तहले ब्यहोर्नु पर्ने कानूनी अवस्था रहेको छ । जसले गर्दा ट्रान्सफर्म बनाउन कसैले ध्यान दिएको थिएन । डा.रौनीयारको प्रयासले गाउँपालिकाले महशुल त तिरेको छ तर ट्रान्सर्फमर बन्छ कि बन्दैन हेर्न बाँकी छ । भिखमपुर स्वास्थ्य केन्द्रमा अहिले नकारात्मकता उच्च तहमा छ त्यसलाई जिरो ल्याएर सकारात्मक बनाउन निकै चुनौती देखेको छु डा रौनीयारले भन्नु भयो “ उपचार दिने संस्था जता हे¥यो उतै उ आफै रोगी छ ” ।


 एक महिना अगाडि ट्रयाक्टर बाट लडेर स्थानीय इलियास अन्सारीको हातमा समस्या आयो । हातको एक्सरे गराउनु प¥यो भनेर स्वास्थ्य केन्द्रमा लगेको एक्सरे मेशीन नै चल्ने अवस्था थिएन । स्थानीय सन्तोष पटेलले भन्नु भयो । इलियास पटेलको ट्रयाक्टरका चालक हुन ।

 

खेतमा काम गर्दै गर्दा ट्रयाक्टरवाट ओर्लिदा लडेर उनको हातमा समस्या आएको थियो । सवास्थ्य केन्द्र भगवान भरमा चलेको छ पटेलले भन्नु भयो “कर्मचारीले गर्न खोजे पनि स्थानीय तहको नेतृत्वले खासै सहयोग गरेको छैन । स्वासथ्य केन्द्रमा बर्थिङ सेन्टर पनि छ तर दुई महिना अगाडि कर्मचारी समायोजनमा परेर स्टाफ नर्स र अन्य महिला कर्मचारीको सरुवा भएपछि अहिले बर्थिङ  सेन्टर संचालनमा छैन । जसले सेवाग्राही महिलाहरुलाई पोखरिया या बीरगंज जानु पर्ने बाध्यता आएको छ । 


अस्पतालमा बिजुलीको आपूर्ती छैन । बिजुली नभएका कारण कतिपय परिक्षणहरु हुन सकेको छैन । मात्रा अनुसारको औषधीको छैन प्रसुती सेवा अवरुद्ध भएको छ । 
    धोबिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय यादवले दरबन्दी अनुसार कर्मचारी नआउँदासम्म गाउँपालिकाले करारमा कर्मचारी राखेर सेवा सञ्चालन गराउन सक्ने तर यस विषयमा गापा कार्यालय उदासीन देखिएको आरोप लगाउनु भयो।

 

उहाँले बारम्बार ताकेता गर्दै आएको तर सुनवाइ नगरिएको प्रतिक्रिया दिनु भयो  । धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले गापाको कार्यपालिकाबाट पहल गरेर एक्स–रे मेशिन सञ्चालनमा ल्याउने बताउनु भयो । अन्य समस्याहरु पनि क्रमिक रुपमा हल गर्दै जाने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.