वीरगंज । नेपाली सेनाले शान्ति कायम गर्न आम नेपाली नागरिकलाई अपिल गरेको छ ।
नेपाली सेनाको जनसम्र्पक तथा सूचना निर्देशनलायले एक बिज्ञप्ति जारी गर्दै विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगको लागि नेपाली सेनाले सबै देशबासीहरुप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणकालगि भएका प्रयासहरुमा सहकार्यका लागि नेपाली सेनाले सबैमा अनुरोध गरेको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्वे सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा भाद्र २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी रहने सेनाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
सेनाले परिस्थितिको थप बिश्लेषण पछि थप सूचना सम्प्रेषण गरिने जनाएको छ ।
तपाईको प्रतिक्रिया