logo

जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि

      12/26/2019 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

पर्सा १० पुष ।  जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि भईरहेको छ । ब्यवसायिक खेतीको रुपमा पर्सा, बारामा फस्टाउदै गएको माछापालन संगै जाडो महिनामा माछाको विक्री पनि बढेको छ ।

ग्रामीण भेग देखि शहर हाट बजारसम्म माछा किन्न उपभोक्ताहरुको भिड लाग्ने गरेको छ  ।
गर्मीयाम भन्दा जाडोमा माछाको उत्पादन पनि बढी हुन्छ ।

 

जाडो मौसम सुरु भएसँगै माछा खाने क्रम बढेको छ । बारामा प्रधानमन्त्री सुपरजोनले माछापालन गर्ने ईच्छुक कृषकलाई अनुदान दिदै आएको छ ।  दक्ष प्राबिधिक लगायत उन्नत जातको माछाको बीउ पनि बारा जिल्लामै विभिन्न ह्याच्यारीबाट सजिलै पाईने भएपछी बारामा माछापालन ब्यवसाय फस्टाएको छ ।

 

सिजनमा समेत दैनिक ५ सय किलो माछा खपत हुने अहिले झन्डै १ हजार किलो माछा खपत हुने गरेको स्थानीय व्यवसायीहरु बताउँछन । 
पर्सा ,बारामा पाईने माछाहरु रोहु, बिग्रेड , कमनकार्प, ईजराईल, ग्रासकार्प लगायतको माछाले बजार लिए पछि माछाको बिक्री बढेको छ । जाडोमा माछा खानेहरु बढेपछी सस्तो मुल्यमा बारामै उत्पादन भएको माछाहरु ताजा पाईने भएकोले यसको विक्री बढेको हो ।

 

जाडो मौसम सुरु भएपछि सुकेका र नसुकाइएका सिल माछाको व्यापार समेत वृद्धि भएको छ । माछा बिक्रीका साथै विभिन्न ठाउँहरुमा माछाका विभिन्न परिकार बनाइ बिक्री भइरहेको छ । ताजा माछाका विभिन्न परिकारको स्वाद लिन सकिन्छ । गर्मी याममा माछा एक दिन भन्दा धेरै दिन सम्म रहन सक्दैन । गर्मी यामको तापक्रम बढि हुनाले माछा छिटो खानु पर्छ ।

 

तर जाडो महिनामा एक दुई दिन सम्म राखेर खान सकिन्छ । ताजा र स्थानीय ठाउँको माछा रहेकोले मानिसहरु लोकल माछा खान मन पराउछन ।ताजा माछापालनको लागि प्रसिद वीरगञ्जको विर्ताबजार लोकप्रिय रहेको छ ।

 

सिम्रौनगढ बोधवनको माछा गाउँ, कोहल्बी, महागढीमाई, पिपराढी, फेटा सुवर्ण गाउँपालिका लगायतको क्षेत्रमा सबैभन्दा बढी माछा उत्पादन हुने प्याकेज एरिया रहेका छन् ।

 

त्यस्तै पर्साको बागवाना ,प्रसौनी तुलसीवर्वा पकाहा मैनपुर रामनगरी मधुवन मथवल माछा उत्पादनकोलागि पकेट क्षेत्र हुन ।  माछामा प्रोटिन पर्याप्त मात्रामा पाईने भएकोले जाडो महिना शुरु भए संगै माछाको बिक्री पनि बढेको हो।मधुमेह उच्चरक्तचाम भएका बिरामीहरुले पनि माछा खानुलाई स्वास्थ्यकर मानिन्छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.