logo

जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि

      12/26/2019 गते 00 00 मा प्रकाशित     1189   पटक पढिएको

पर्सा १० पुष ।  जाडो बढ्दै जाँदा माछाको बिक्रीमा बृद्धि भईरहेको छ । ब्यवसायिक खेतीको रुपमा पर्सा, बारामा फस्टाउदै गएको माछापालन संगै जाडो महिनामा माछाको विक्री पनि बढेको छ ।

ग्रामीण भेग देखि शहर हाट बजारसम्म माछा किन्न उपभोक्ताहरुको भिड लाग्ने गरेको छ  ।
गर्मीयाम भन्दा जाडोमा माछाको उत्पादन पनि बढी हुन्छ ।

 

जाडो मौसम सुरु भएसँगै माछा खाने क्रम बढेको छ । बारामा प्रधानमन्त्री सुपरजोनले माछापालन गर्ने ईच्छुक कृषकलाई अनुदान दिदै आएको छ ।  दक्ष प्राबिधिक लगायत उन्नत जातको माछाको बीउ पनि बारा जिल्लामै विभिन्न ह्याच्यारीबाट सजिलै पाईने भएपछी बारामा माछापालन ब्यवसाय फस्टाएको छ ।

 

सिजनमा समेत दैनिक ५ सय किलो माछा खपत हुने अहिले झन्डै १ हजार किलो माछा खपत हुने गरेको स्थानीय व्यवसायीहरु बताउँछन । 
पर्सा ,बारामा पाईने माछाहरु रोहु, बिग्रेड , कमनकार्प, ईजराईल, ग्रासकार्प लगायतको माछाले बजार लिए पछि माछाको बिक्री बढेको छ । जाडोमा माछा खानेहरु बढेपछी सस्तो मुल्यमा बारामै उत्पादन भएको माछाहरु ताजा पाईने भएकोले यसको विक्री बढेको हो ।

 

जाडो मौसम सुरु भएपछि सुकेका र नसुकाइएका सिल माछाको व्यापार समेत वृद्धि भएको छ । माछा बिक्रीका साथै विभिन्न ठाउँहरुमा माछाका विभिन्न परिकार बनाइ बिक्री भइरहेको छ । ताजा माछाका विभिन्न परिकारको स्वाद लिन सकिन्छ । गर्मी याममा माछा एक दिन भन्दा धेरै दिन सम्म रहन सक्दैन । गर्मी यामको तापक्रम बढि हुनाले माछा छिटो खानु पर्छ ।

 

तर जाडो महिनामा एक दुई दिन सम्म राखेर खान सकिन्छ । ताजा र स्थानीय ठाउँको माछा रहेकोले मानिसहरु लोकल माछा खान मन पराउछन ।ताजा माछापालनको लागि प्रसिद वीरगञ्जको विर्ताबजार लोकप्रिय रहेको छ ।

 

सिम्रौनगढ बोधवनको माछा गाउँ, कोहल्बी, महागढीमाई, पिपराढी, फेटा सुवर्ण गाउँपालिका लगायतको क्षेत्रमा सबैभन्दा बढी माछा उत्पादन हुने प्याकेज एरिया रहेका छन् ।

 

त्यस्तै पर्साको बागवाना ,प्रसौनी तुलसीवर्वा पकाहा मैनपुर रामनगरी मधुवन मथवल माछा उत्पादनकोलागि पकेट क्षेत्र हुन ।  माछामा प्रोटिन पर्याप्त मात्रामा पाईने भएकोले जाडो महिना शुरु भए संगै माछाको बिक्री पनि बढेको हो।मधुमेह उच्चरक्तचाम भएका बिरामीहरुले पनि माछा खानुलाई स्वास्थ्यकर मानिन्छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.