logo

बारीमा उत्पादन सडदै,टाउकोमा ऋणको भार बड्दै,बजार सम्म तरकारी लाने ब्यवस्था मिलाउन उत्पादक किसानको माँग 

      5/20/2020 गते 00 00 मा प्रकाशित     1072   पटक पढिएको

 

पकाहा मैनपुर गाउँपालिका सबैठवाका राम दयाल कुशवाहाले यो वर्ष १५ कठ्ठा जमिनमा तरकारी लगाउनु भयो । लकडाउनका कारण तरकारीले बजार सम्म जाने वतावरण नपाएपछि उहाँ चिन्तामा हुनुहुन्छ । १५ कठ्ठा जमिनमा  बोडी,करेला लौका र खुर्सानी लगाउनु भएको छ । 

 


अहिले बोडी बिग्रिन थालेको र करेला बारीमै रातो हुन थालेको कशुवाहाले बताउनु भयो तरकारीको बिक्री गर्ने वतावरण नबने लागत डुब्ने र किसानको टाउकोमा थप आर्थिक भार थपिने चिन्ता पनि उत्तिकै छ । 

 


लामो समयमसम्म देशभर बन्दाबन्दी (लकडाउन) भइरहेका बेला यसको ठूलो असर तरकारी उत्पादक किसानलाई परेको छ । तरकारी उत्पादन गरेर आम्दानी गर्ने समयमा बन्दाबन्दीले किसानलाई प्रत्यक्ष प्रभाव पारेको छ ।


स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा उत्पादक किसान लगानी डुब्ने र फलेको सामग्री कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा परेका छन् । 


बजारसम्म तरकारी लैजान नसक्दा बारीमा कुहिने अवस्था रहेको कुशवाहा बताउनुहुन्छ  ।  बोडी त  कुहिन पनि थाल्यो उहाँले भन्नु भयो तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको उहाँको गुनासो छ ।


त्यस्तै दुखेसो  छ प्रेम प्रसाद चौरसियाको बारीमा तरकारी छ तर बजार सम्म पुर्याउन सक्ने अवस्था छैन । बीरगंज सम्मका होलसेल बिक्रेता बारीमै आइ पुग्थे अहिले बन्दाबन्दीका कारण उनीहरु पनि आएका छैनन । तरकारी कसरी बेच्ने भन्ने सेच्दैमा रातमा निन्द्रा समेत लाग्न छोडेको उहाँको भनाई छ ।

 

पकाहा मैनपुरको बहुवर्वा भाठा तरकारी उत्पादनको पकेट क्षेत्र हो । गएको वर्ष यही बेलामा तरकारी बेचेर भ्याइनभ्याई हुन्थ्यो अहिले लागत नै डुब्छ की भन्ने डरले सताएको छ ।

 

 ‘तरकारी बिक्री गर्ने गाडीलाई सहज जान दिने, बजारमा बिक्री खरिद गर्न दिने व्यवस्था नगरे हामी किसान ऋणमा डुबेर जाने छौँ चौरसियाले भन्नु भयो । 


उपभोक्ताले खान नपाउने, किसानको बारीमा तरकारी सड्ने अवस्था छ । सुरक्षित तरिकाले किसानले उत्पादन गरेको सामग्री बिक्री गर्न दिने व्यवस्था प्रशासनले गर्नुपर्ने कुशवाहाको माँग छ ।


सबैठवामा उत्पादित तरकारी भारत तर्फ निकासी हुदै आएको थियो  तर अहिले किसानको तरकारी खेतमै छ भारतबाट तरकारी आयात भइरहेको छ कुशवाहाले भन्नु भयो पहिला काठमाण्डौ पनि जान्थ्यो अहिले बीरगंज सम्म लाने सुविधा छैन  स्थानीय बजारमा कम खपत हुन्छ  तरकारी त खेतमै पो कुहिन्छ जस्तो छ।

 


सबैठवामा मात्रै ४ बिगाहमा तरकारीको खेती छ । लकडाउनअघि तरकारीको सहज आपूर्ति भए पनि अहिले तरकारी बिक्री ठप्पजस्तै भएको अर्का किसाना बिध्यान्चल कुशवाहाले बताउनु भयो ।

 


सबैठवाका किसानले तरकारीको आपूर्तीकालागि सहज ब्यवस्था मिलाउन स्थानीय प्रशासनसंग माँग गरेका छन । स्थानीय प्रशासनले भारतयि तरकारीको आयातमा रोक लगाएको छ । स्थानीय उत्पादनलाई साइकलमा राखेर टोल टोलमा घुमाएर बेच्न पाउने नीति लिएको छ ।

 

तर तरकारी उत्पादक किसानले गाउँमा लाग्ने हाट बजारमा घुमाएर बेच्दा तरकारी नसकिने बताएका छन । तरकारी बीरगंज सम्म पुग्ने वतावरण बनाउन पर्ने उनीहरुको माँग छ । ग्रामीण इलाकामा धेर थोरै सबैको बारीमा तरकारी हुन्छ त्याहा कम खपत हुने र उपभोक्ता शहरमा भएकोले तरकारी शहर पुग्ने वतावरण बनाउनु पर्नेमा उनीहरुको जोड छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.