logo

बजेटमा कृषि,चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन,शितभण्डारकालागि अनुदान,मलकालागि ११ अर्व बिनियोजन

      5/29/2020 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

यस पटकको बजेटले चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । एकातर्फ जमीनको खण्डीकरण बढनु र कतिपय स्थानमा खेती योग्य भूमिहरु बाँझो रहिरहेको अवस्थामा सरकारले यस्तो नीति लिएको हो ।

 

 जनशक्ति समेत अभावका कारण कृषि उत्पादनमा कमी आउने संकेत देखिएपछि चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीतिलाई बिज्ञहरुले राम्रो मानेका छन ।

 

नयाँ भूउपयोग नीति ल्याउन नसक्दा दिनप्रतिदिन खेतीयोग्य जमीनहरु घडेरीका रुपमा परिणत भईरहेको अवस्थामा आएको चक्लावन्दी सामूहिक खेतीलाई प्रोत्साहन गर्नु सुखद् रहेको छ ।

 

आगामी आर्थिक वर्ष २०७७र७८ का प्रस्तुत बजेटले पनि शीत भण्डार निर्माणका लागि अनुदानको व्यवस्था गरेको छ ।

यद्धपी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका आयोजना मार्फत वितगमा निर्माण गरिने भनिएको शीत भण्डारणको अनुदानमा व्यापक आर्थिक अनियमितता भएको टिप्पणी भने सेलाएको छैन ।

 तथापी आगामी वर्षको बजेटमा पनि शीत भण्डार निर्माण प्राथमिकतामा पर्नु खुशीको कुरा रहेको भने पक्कै छ ।

सरकारले रासायनिक मल खरिद गर्न आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ११ अर्व बजेट विनियोजना गरेको छ । संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सो कुरा उल्लेख गर्नु भएको हो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.