logo

कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत छः कामु प्रधानन्यायधीश कार्की

 इसीमाना सम्वाददाता     २०७९ फागुन १२ गते ०७: ३४ मा प्रकाशित     669   पटक पढिएको

वीरगन्ज । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीले कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत रहेको बताएका छन् ।

कानून व्यावसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलनमा बोल्दै कामु प्रधानन्यायधीश कार्कीले देशभरका अदालतहरुमा ४० जना भन्दा बढी न्यायधीश महिलाहरुले न्यायसम्पादनमा कार्य क्षमता प्रदर्शन गरिरहेको बताए । 

 

उनले बार एशोशिएसन र न्यायधिवक्ताको कार्यालयसँग समन्वय र सहकार्यसँगै नागरिकलाई न्याय दिने सवालमा अडिग रहने बताउदै अदालतमा न्यायधीशहरुको संख्या कम भएपनि न्याय सम्पादन छिटो र छरितो बनाउने नीति अबलम्बन गरिएको बताएका छन् ।

 

सर्वोच्च अदालतले नीति परिवर्तन गरेर अहिले पाँच बर्ष समय नाघेका मुद्दाहरुलाई फछ्र्यौट गर्ने अभियान शुरु गरेको जानकारी दिदै उनले त्यस्ता मुद्दाहरुको १५ दिनभित्रमा पेशी लिने प्रणाली शुरु गरिएको बताए । त्यसरी न्याय सम्पादन गर्दा अहिले ४ हजार ८ सय मुद्दाबाट संख्या घटाएर ४ हजार ५ सयमा ल्याईपु¥याईएको पनि उल्लेख गरे ।

 

 अहिले अल्पकालिन आदेश भएकाहरुको पनि एक हप्ता भित्रमा मुद्दाको टुंगो लगाउन थालिएको बताउदै सर्वोच्च अदालतबाट आन्तरिम आदेश पाएकाहरुले एक हप्ता भन्दा बढी समय लिन नपाउने व्यावस्था गरिएको पनि बताए ।

 

सर्वोच्च अदालतमा ५ बर्ष नाघेका र उच्च तथा जिल्ला अदालतमा २ बर्ष नाघेका मुद्दाहरुलाई अभियानका रुपमा लिएर किनारा लगाउने काम भईरहेको कायम मुकायम प्रधानन्यायधीश कार्कीले बताए ।

 

 न्यायधीश सपना मल्ला प्रधानले कानून व्यावसाय क्षेत्र तथा न्याय क्षेत्रमा समेत अवसरहरुबाट बञ्चित गरेर लैंगिक विभेद गर्ने गरिएकोले पनि कानून व्यावसायमा महिलाहरुको संख्या कम भएकोले संख्या बढाउका लागि काममा अवसर र प्रोत्साहन गर्नुपर्ने बताईन् ।

 

 नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कार्यपालिका र व्यावस्थापिकाले न्यायपालिकालाई हेपेको आरोप लगाए । उनले अदालतमा न्यायधीश नियुक्तिमा ढिलाई, प्रधानन्यायधीश नियुक्तिमा ढिलाई गर्ने र संसदीय सुनुवाई पनि गर्नुपर्ने व्यावस्थाले न्यायालयको कार्यसम्पादनमा समेत असर परेको भन्दै संसदीय सुनुवाईलाई बार एशोसिएसनले संस्थागत रुपमा हटाउन प्रस्ताव ल्याउनुपर्ने बताए । 

 

नेपाल सरकारका महान्यायधिवक्ता डाक्टर दिनमणी पोखरेलले प्रधानन्यायधीश नियुक्तीका लागि संवैधानिक परिषदमा देखिएको कानूनी जटिलता समाधान गर्नका लागि सरकारले प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी सरकारले गरेको र चाडै सर्वोच्च अदालतले नेतृत्व पाउने आश्वासन दिए ।

 

त्यस्तै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतसँग सहकार्य र समन्वय गरेर अगाडि बढन् महान्यायधिवक्ताको कार्यालय तयार रहेको र लैंगिक समानताको सवालमा छलफल गर्न पनि तयार रहेको उनको भनाई छ ।

 

 शुक्रबारदेखि शुरु भएको कानून व्यावसायी महिलाहरुको सम्मेलन शनिबार वीरगन्ज घोषण पत्र जारी गरेर सकिने बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुधीर कर्णले जानकारी दिए ।

 

देशभरको तुलनामा मधेसमा कानून व्यावसायी महिलाहरु जम्मा १५ जना रहेकोले महिलाहरुलाई कानून व्यावसाय क्षेत्रमा आकर्षित गर्नका लागि पनि वीरगन्जमा कानून व्यावसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलनको आयोजना गरिएको बताए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.