logo

रास्वपा र दुर्गा प्रसाईलाई पनि स्टेकहोल्डरका रुपमा प्रस्तुत गरेपछि जेनजी समुह छलफलबाट बाहिरियो

 इसीमाना सम्वाददाता     २०८२ भदौ २५ गते ०४: ४९ मा प्रकाशित     461   पटक पढिएको

काठमाडौं  । ‘जेन जी’ आन्दोलनका प्रतिनिधि र राज्य पक्षबीचको वार्ता प्रयासमा गम्भीर मतभेद देखिएको छ।

 

नेपाली सेनाको मुख्यालयमा भएको छलफलमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत ‘सरोकारवाला’को रूपमा सामेल गराउन खोजिएपछि जेन जीका केही प्रतिनिधिहरूले बैठक नै बहिष्कार गरेका छन्।

 

जेन जीका प्रतिनिधि रक्षा बमका अनुसार, स्वयं प्रधानसेनापतिले राष्ट्रपतिसँगको भेटअघि दुर्गा प्रसाईं र रास्वपाका प्रतिनिधिसँग पनि वार्ता गर्न सुझाएपछि आफूहरू छलफलबाट बाहिरिएको बताएकी छन्।

 

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनिसकेपछि, जेन जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्यौं,’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन जी समूहसँग छलफलको निम्ति तयारी गरिरहेका छौँ।’

 

बमले आफूहरू कुनै माग लिएर वार्ता गर्न नगएको स्पष्ट पारेकी छन्। उनका अनुसार, जेन जीका विभिन्न समूहहरूबीच साझा धारणा बनाउन र ७७ जिल्लाका प्रदर्शनकारीहरूको मागलाई एकीकृत गरी एउटै संयुक्त दस्तावेज तयार पार्न समय लाग्ने जानकारी गराउन उनीहरू सेनाको मुख्यालय पुगेका थिए।

 

‘हामी न हिजो वार्तामा थियौँ, न आज छौँ,’ उनले लेखेकी छन्, ‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ र केही दिनभित्र राष्ट्रपति सहित आर्मी चिफ समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ।’

 

बुधबारको छलफल आन्दोलनको आधारभूत मान्यताविपरीत अघि बढेको उनको आरोप छ। जेन(जी आन्दोलनलाई कुनै राजनीतिक दल वा व्यक्तिसँग जोडेर यसको मौलिकता र उद्देश्यलाई कमजोर पार्न खोजिएको भन्दै उनले बैठक बहिष्कार गरेको बताएकी हुन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.