logo

उपत्याकामा जेठ १३ सम्म निषेधाज्ञा थप,विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रममा पनि रोक

      5/11/2021 गते 00 00 मा प्रकाशित     576   पटक पढिएको

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी  को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।

 

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप गरी वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो।

 

मंगलबारको बैठकले जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो । 

 

उहाँका अनुसार आजको बैठकले यसअघिको नियममा केही परिमार्जनसमेत गरेको छ।

 

नयाँ व्यवस्था अनुसार अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइनेछ। यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाउने व्यवस्था थियो।

 

उपत्यकाभित्रका अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ। त्यसैगरी, निजी निर्माण सामग्री ओसारपसारमा समेत रोक लगाइएको सीडीओ पराजुलीले बताउनु भयो ।

 

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको पराजुलीले बताए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।

बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्रीवास्तव हाजीर

वीरगन्ज ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको  बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अजय श्रीवास्तवलाई दिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.