logo

परवानीपुरमा सडक बिस्तारमा अवरोधको अभ्यास, प्रजिअलाई बुझाइयो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३ गते १२: ५६ मा प्रकाशित     114   पटक पढिएको

वीरगंज । वीरगञ्जको परवानीपुर चोकदेखि पश्चिम पटेलनगरसम्म सडक विस्तारको कामलाई लिएर महानगरपालिका वडा नम्बर २१ मा विवाद उत्पन्न भएको छ । 

महानगरपालिकाले सडक चौडा गर्ने कार्य सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

 

सडक चौडा गर्दा पुरानो सडकबाट नपुग भएमा दुवैतर्फबाट बराबर जग्गा लिनुपर्नेमा त्यसो नगरी एकतर्फीरुपमा उत्तरतर्फका स्थानीयको जग्गामा मात्रै क्षति पुर्‍याएको अस्थानीयको आरोप छ ।

 

स्थानीयले महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर २१ का वडा अध्यक्ष राधा कृष्ण साह रौनियारले कुनै जानकारी र सूचनाबिना नगर प्रहरी र डोजर लिएर आई बलजफ्ती घर भत्काउन थालेको आरोप लगाएका छन् ।

 

 विरोध गर्न गएका स्थानीयलाई नगर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत थुनेको छ ।  स्थानीयले न्यूनतम मापदण्ड अनुसार सडक विस्तार गर्दा दुवैतर्फबाट सहमतिमा जग्गा लिएर काम गर्नुपर्ने माग गरेका छन् ।

 

 एकतर्फी दबाब र प्रभावमा परी गरिएको सडक विस्तारको काम न्यायोचित नभएको उनीहरुको ठहर छ । ज्ञापनपत्रमा ,माग सुनुवाई नभएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महानगरपालिका प्रमुख र वडा अध्यक्ष हुने चेतावनी दिइएको छ ।

 

 स्थानीयले तत्काल नापजाँच र सहमतिबिना भइरहेको सडक निर्माण कार्य रोक्न माग गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा सडक विस्तारका लागि वर्षादेखिको अतिक्रमण हटाइएको छ । परवानीपुर चोकदेखि पश्चिम पटेलनगरसम्मको सडकको अतिक्रमण शुक्रबार हटाइएको हो ।

 

उक्त सडकको विस्तार र स्तरोन्नत्तीका लागि पप्पु स्वच्छन्द ज्वाइन्ट भेन्चरले ठेक्का सकारेर काम सुरु गरेका थिए । तर केही व्याक्तिले सडकमा गरेको अतिक्रमण नहटाएका कारण उक्त सडकको विस्तार कार्य बीचमै रोकिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.