logo

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ जेठ १ गते ०९: २७ मा प्रकाशित     492   पटक पढिएको

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । 


पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थितमा लागु औषध खरिद विक्री कार्य भइरहेको  भन्ने विशेष सूचना पाएपछि प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

  परवानीपुर प्रहरी चौकीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार एक जना व्यक्तिलाई शंकालागे पछि प्रहरीले चेकजाँच गरेको थियो ।  

 

चेकजाँचको क्रममा अन्सारीले लगाएको सर्टको दाहिने खल्तीमा तीन वटा प्लाष्टिकको पुरियामा  लागु औषध खैरो हिरोइन १५ ग्राम फेला परेको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जानकारी दिए । 

 

अन्सारीलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाच दिनको न्यायीक हिरासतमा राख्ने अनुमती लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.