Wednesday, 16 July 2025, 10:30:02 am

पिप्रामा आयोजित कार्यक्रममा चार महिला सहित ६५ जनाद्वारा रक्तदान 

      3/9/2018 गते 00 00 मा प्रकाशित     1807   पटक पढिएको

वीरगन्ज, २६ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ सानो पिपरामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

युवा समाज पिपराको आयोजनामा भएको रक्तदान कार्यक्रममा चार महिला सहित ६५ जनाले रक्तदान गरेका छन् । रक्तदान अझै जारी रहेको छ ।

रक्तदान गर्नेहरुमा रेशु डंगोल, अमरावतीदेवी, लालमुनी देवी, संझरियादेवी, अनिल पटेल, पुरुषोत्तम पटेल, ओम प्रकाश पटेल, मुकेश प्रसाद कुर्मी, राजेश्वर पटेल, सुवाष पटेल, निरञ्जन गुप्ता, आकाश कुमार पटेल, रामनाथ साह, रामनारायण पटेल, सदेश पटेल, सुशील पटेल, रामरतन साह, रविन्द्र श्रेष्ठ, संतोष घिमिरे, विजय नकर्मी लगायतका रहेका छन् ।

युवा समाज पिपराका अध्यक्ष अनिल कुमार पटेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको वडा नम्बर १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीले उदघाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष केसी लामिछाने, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक अनिष कर्ण, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर, प्रेस मञ्चका अध्यक्ष संतोष पटेल, एमाले युवा नेता मनोज शर्मा लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु