logo

साउने सोमवारमा दुग्धेश्वनाथ महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो

 इसीमाना सम्वाददाता     २०८२ असार ३० गते ०३: ३० मा प्रकाशित     1152   पटक पढिएको

वीरगञ्ज । साउन महिनाको दोस्रो सोमवारको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित दुग्धेश्वनाथ महादेव मन्दिरमा सोमवार बिहानैदेखि हजारौं श्रद्धालुहरूको घुइँचो लागेको छ।

 

 धार्मिक मान्यता अनुसार साउन महिनामा सोमवारको दिन भगवान महादेवको विशेष आराधना गरिन्छ, जसका कारण नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको हो।

भारत र नेपालका भक्तजनहरूको सहभागिता

मधेश प्रदेशसहित भारतका बिहार, झारखण्ड र बंगाल राज्यहरूबाट आएका श्रद्धालुहरू आइतबार साँझदेखि नै मन्दिर परिसरमा उपस्थित हुन थालेका थिए। रातभरि भजन, कीर्तन र आराधना पश्चात भक्तजनहरूले सोमबार बिहान जल चढाएर पूजा अर्चना गरेका छन्।

 

स्थानीय समाजसेवी वीरेन्द्र चौधरीका अनुसार, असार २७ गतेदेखि नै दर्शनार्थीहरूको आवागमन सुरु भइसकेको थियो। मन्दिरको धार्मिक महत्वका कारण टाढा–टाढाबाट दर्शनार्थीहरू पैदल, मोटरसाइकल, ट्र्याक्टर तथा चारपाङ्ग्रे सवारीसाधनमार्फत मन्दिरसम्म पुग्ने गरेका छन्।

 

मेला व्यवस्थापन र सुरक्षा तयारी

 

पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ का अध्यक्ष फरमान अन्सारीका अनुसार, साउन महिनाभर सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन पालिकाले खानेपानी, शौचालय, सडक मर्मतजस्ता आवश्यक अस्थायी संरचना निर्माण गरिसकेको छ।

 

चुरे डाँडामा रहेको यो मन्दिर पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिमलाई ध्यानमा राख्दै बेलुका ७ बजेपछि सडक बन्द गरिने र बिहान ६ बजेपछि मात्र पुनः खोलिने व्यवस्था मिलाइएको छ।

 

विकास र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता

 

मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको दीर्घकालीन संरक्षण र पूर्वाधार विकासमा सरकार र सरोकारवालाहरूको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।

 

उनका अनुसार, वर्षेनि बढ्दो दर्शनार्थी संख्याले मन्दिरको महत्व झनै बढाइरहेको छ, तर आवश्यक संरचनागत सुधार नहुनु दुःखद पक्ष हो।

 

चुरे पहाडको फेदी र चारकोसे झाडीबीचको प्राकृतिक रमणीय स्थानमा अवस्थित दुग्धेश्वनाथ महादेव मन्दिर धार्मिक आस्था, प्रकृति र संस्कृतिको संगम स्थल बनेको देखिन्छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.