logo

राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

      5/11/2017 गते 00 00 मा प्रकाशित     1320   पटक पढिएको

वासिङटन, २८ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गर्नुभएको छ ।


उहाँसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुलाई भन्नुभयो, “रुसको बारेमा र अन्य विभिन्न विषयमा हामीले छलफल ग¥यौं ।”


“हामीले सिरियाका बारेमा पनि छलफल ग¥यौं, मलाई लाग्छ, सिरियाका बारेमा हामीले सिरियालाई सम्मान गर्दै धेरै राम्रो गर्न गईरहेका छौं, वास्तममा यो सकारात्मक छ,” ट्रम्पले भन्नुभयो । राष्ट्रपति ट्रम्पले आफूहरु मर्ने र मार्ने अवस्थाको अन्त्य गर्न गईरहेको पनि बताउनु भयो ।


पूर्व विदेश मन्त्री किसिङगर आफ्नो लामो समयदेखिको साथी र कूटनीतिक मामिलामा राम्रो दख्खल राख्ने कुटनीतिज्ञ भएको ट्रम्पले बताउनुभयो । उहाँलाई भेटेपछि ट्रम्पले रुसका विदेश मन्त्री सेर्गेई लाभरोभसँग पनि राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भेटवार्ता गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.