logo

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

 इसीमाना सम्वाददाता     २०८१ मंसिर २ गते १०: १३ मा प्रकाशित     1128   पटक पढिएको

शिशिर सिंखडा, टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको छ ।

 

शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो । 


२५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने लगायत चयन हुनु भएको छ । 


उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन ईन्चार्ज प्रभुराम थापा, विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला बिभाग सदस्य कुन्ती थापा, बिभाग उपप्रमुख जानकी कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 


सो उद्धघाटन कार्यक्रममा एनआरएनए आईसीसीका सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार संयोजक तथा पुर्व अध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, एनबीडीएका अध्यक्ष सुरेश गौतम, समाजसेवी सीता संग्रौला, एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, एनसीएनसीका अध्यक्ष दिनेश खतिवडा, एनसीसीएसका चेयर पर्सन डा. थमनाथ अधिकारी, नेपाल हाउसका अध्यक्ष भुमीराज घिमिरे, पीएनसीसीका चेयर पर्सन केदार बस्नेत, एनसीएचसीका अध्यक्ष लिला भण्डारी, टीएनएससीका अध्यक्ष रबिन्द्र लम्साल, एनपीआरसीका अध्यक्ष नेत्र भट्टराई, व्यावसायी डा.पुर्ण कंडेल, चितवन सोसाइटीका हरी भुसाल, एनआरएनए क्यानडाका पुर्व अध्यक्ष तथा रेडियो संचालक अनिल थापा, नेपाली जनसम्पर्क समितिका सुरेश रजौरे, लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रीजल केसी लगायतले आफ्ना भनाई राख्नुभएको थियो । 

 


अधिवेशनमा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई जुम मार्फत उपस्थितिको व्यवस्था गरिएको थियो ।

 

जसमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवर्द्धन विभाग सदस्य तथा एनआरएनए आईसिसि सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दिप पौडेल, अरबिन पोखरेल, रिंकु वाग्ले लगायतको उपस्थिति रहेको थियो । प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष बिश्वम्भर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेदनिधि गौतमले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.