logo

कास्तो सरकार बन्दै छ त दुई नम्बर प्रदेशमा 

      12/16/2017 गते 00 00 मा प्रकाशित     1738   पटक पढिएको

बीरगंज १ पौष । 
प्रदेश २ को प्रत्यक्षतर्फको ६४ मध्ये मधेसी गठबन्धनको ३५ सिट आएको छ । समानुपातीक तर्फ दुबै दलको ९/९ मिलाउदा १८ हुन्छ । सरकार बनाउन चाहिने ५४ सिट हो । मधेशी गठबन्धनसंग १ सिटको कमी देखिन्छ । प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन भने समानुपातिक तर्फबाट नेपाल संघीय समाजवादी पार्टीको १ सिट रहेको छ । संघीय समाजवादी फोरमको २० र राजपाको १५ छ ।

 

एमालेको १२, कांग्रेसको ९, माओवादी केन्द्रको ७ र एक सिट स्वतन्त्रले ल्याएका छन् । फोरमले बढी सिट जितेकाले उसकै नेतृत्वमा सरकार बन्ने स्थिति छ । मुख्यमन्त्रीमा फोरमका उपाध्यक्ष लालबाबु राउत गद्दी, कोषाध्यक्ष विजय यादवका साथै राजपाका महामन्त्रीहरू मनीष सुमन र जितेन्द्र सोनलको नाम चर्चामा छ । 

मधेसी बाहुल्यको प्रदेश २ मा मधेसी गठबन्धनले बहुमत सिट जितेको छ ।  प्रदेश २ मा ४३ समानुपातिक सिट छ । १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । प्रतिनिधिसभाको निर्वाचनमा पनि कुल ३२ सिटमध्ये मधेसी गठबन्धनले १९ सिट जितेको छ ।

निर्वाचनमा पाएको जनादेशकै आधारले प्रदेश २ मा मधेसी गठबन्धनले सरकार गठन गर्ने मधेसी विश्लेषकले अनुमान गरेका छन् ।

 

प्रदेशसभा निर्वाचनमा संघीय समाजवादी फोरमले बढी सिट जितेकाले स्वाभाविक रूपमा प्रदेश सरकार पनि फोरमकै नेतृत्वमा निर्माण हुनेछ । चुनावी अभियानमा होमिँदा गठबन्धनले मुख्यमन्त्री घोषणा गरेको थिएन । मधेस सरकार निर्माणका लागि मधेसी गठबन्धनलाई भोट भन्ने नाराका साथ संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारले मतदातालाई आकर्षित गरेका थिए ।

अहिले चुनावी परिणाम सार्वजनिक भएपछि यस प्रदेशको पहिलो मुख्यमन्त्री को बन्ने भन्ने चर्चा व्यापक भएको छ ।

दुवै दलबाट प्रभावशाली नेता विजयी भएका छन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी, कोषाध्यक्ष विजय यादव र राजपाबाट महामन्त्रीद्वय मनीष सुमन, जितेन्द्र सोनल लगायत प्रभावशाली नेता विजयी भएका छन् ।
सरकार बनाउन १ सिट कम रहेको मधेशी गठबन्धनले सरकार बनाइहाले पनि बलियो प्रतिपक्षको सामना गर्नु पर्ने अवस्था रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.