logo

मधेश मिडिया काउन्सिलका अध्यक्ष  उपाध्याय भ्रष्ट ठहर ६ महिना कैद फैसला

 इसीमाना सम्वाददाता     २०८२ असार ८ गते ०८: ३६ मा प्रकाशित     1123   पटक पढिएको

वीरगन्ज । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचारको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

विशेष अदालतले उपाध्यायलाई ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ वैशाख ९ गते उपाध्याय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दा उनी काउन्सिलको  नियुक्त भएको दोस्रो दिनमै दायर भएको थियो ।

उपाध्यायले बाराको पचरौता नगरपालिकाको दुई ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा, केवल रेकर्डका लागि एक प्रति मात्रै प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रुपैयाँको खर्च देखाउँदै भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो।

उक्त भ्रष्टाचार कार्य उपाध्यायको निजी कम्पनी ‘केएस मल्टीपरपोज प्रालिमार्फत गरिएको र सोही कम्पनीलाई पनि अदालतले १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

सार्वजनिक खरिद ऐनको उल्लंघन गरी नगरपालिकासँगको मिलेमतोमा उक्त कार्य भएको ठहर गरिएको छ । यही मुद्दामा संलग्न रहेका पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि अदालतले ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।

तर घटनामा संलग्नता देखिएका नगरपालिकाका लेखापाल हासिम मिया अन्सारीलाई भने प्रमुख प्रशासकीय अधिकृतको आदेशअनुसार मात्र भुक्तानी गरेको प्रमाणित भएपछि अदालतले सफाइ दिएको छ । उनी बिरुरुद्ध बस्तुगत   प्रमाणको अभाव देखिएको भन्दै सफाई हुने आदेश गरेको हो । 

कमलकुमार उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व सचिवसमेत हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.