logo

शिक्षक संगठनको अध्यक्षमा थारु सर्वसम्मत चयन

      4/12/2018 गते 00 00 मा प्रकाशित     1414   पटक पढिएको

बीरगंज २९ चैत ।
नेपाल राष्ट्रीय शिक्षक संगठन पर्साको १२ जिल्ला अधिवेशनले शिवनाथ प्रसाद थारुलाई सर्वसम्मत रुपमा  जिल्ला अध्यक्ष चयन गरेको छ ।

 


श्री दीपनारायण आर्दश उच्च माध्यामिक बिद्यालय औराह पंचगावाका प्रधानाध्यापक थारु उच्च बौद्धिक क्षमताका साथै निकै गतिशील प्रधानाध्यापकहरु मध्य पर्छन । प्रगतीशील शिक्षकहरुको संगठन कमजोर अवस्थामा रहेको पर्सामा थारुको नेतृत्वमा शिक्षक संगठनले नयाँ स्वरुप ग्रहण गर्ने बिश्वास जिल्ला भरिका शिक्षकहरुले गरेका छन । 


श्री पन्नालाल मावि बीरगंजमा हिजो र आज गरि सकिएको अधिवेशनले  उपाध्यक्षमा केशव प्रसाद शर्मा सचिवमा रेयाज देवान सह सचिवमा अमृता चौधरी कोषाध्यक्षमा बसीर अहमद र सह कोषाध्यक्षमा निर्मला सहनीलाई सर्वसम्मत चयन गरेको छ ।

 

त्यस्तै समितिको सदस्यहरुमा महम्मद कमाल मन्सरी,करेश राउत गद्धी,राजदेव महतो थारु,प्रियाराम पौडेल,राजेश कुमार मिश्र,कमला ओझैया,रमेश ओझैया, लालमहममद मिया,कलिष्टर प्रसाद यादव ,शहदेव राउत ,शिवशंकर प्रसाद थारु,रामनरेश यादव र मेमा तमाङ्ग रहेका छन ।

 

त्यसैगरि केन्द्रीय प्रतिनिधिमा नेपालेन्दू साह ,अशोक चोधरी ,केशव प्रसाद रेग्मी र अमृता जोशी रहेको संगठनका नेता बिनोद गिरीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

प्रशासकीय अधिकृत साह सहित ६ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

वीरगंज ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा बिन्दवासीनी गाउँपालिकाका प्रशासकीय अधिकृत सुजित साह सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.