logo

रिलिफको ३४ औं स्थापना दिवस, समाजको बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तित्व सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २९ गते ०७: ३२ मा प्रकाशित     519   पटक पढिएको

 वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तिलाई सम्मान गरेको छ । 

सोमबार रिलिफ सोसाइटीको सभाकक्षमै भब्य आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको हो । साहित्य क्षेत्रमा सिम्रौनगढको इतिहासका अध्यता जयकिशोर पाण्डे, चिकित्सा क्षेत्रमा योगदान दिएका डा. भरत गोइत, खेलकुद क्षेत्रमा भेट्रान्स सिटी क्लबका अध्यक्ष सविन बस्नेत, समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी, अध्यक्ष उपकार सेवा नेपाल, महिला उद्यम क्षेत्रमा श्रीमती आरती सिंहलाई दोसल्ला ओढाई मायाको चिनो दिई सम्मान गरिएको थियोे।

 

रिलिफ सोसाइटी अफ कमर्स बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियोे।


अध्यक्ष यादवका अनुसार, प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको स्मरण गरे । उनले सम्मानको परम्परालाई निरन्तरता दिइदे आएको पनि बताए । 

रिलिफ सोसाइटी अफ कमर्सका पुर्व अध्यक्ष समाजसेवी एवं वरिष्ठ उधोगपति गणेश लाठले  अनुसार रिलिफ सोसाइटी समाज सेवाको लागि नै स्थापित भएको संस्था भएको बताए  । रिलिफ सोसाइटी  बुद्ध ज्यन्तीका दिन नै स्थापना भएको थियोे।

कार्यक्रममा वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतमले सम्मानित व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल, उद्योपति अशोक बैध, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल पटवारी लगायतकको उपस्थिति रहेको थियोे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.