logo

युवा संघ नेपालले मानव सेवा आश्रममा मनायो ३६ औं स्थापना दिवस

 इसीमाना सम्बाददाता     २०८२ जेठ १ गते ०४: ४५ मा प्रकाशित     884   पटक पढिएको

वीरगंज  । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालले आफ्नो ३६ औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा रहेका सहयोगापेक्षीहरुलाई  खना ख्वाएको छ।

 


युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पर्सा ईन्चार्ज अनिल पटेल को प्रमुख आतिथ्यथा संघका पर्सा  अध्यक्ष राज श्रीवास्तवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

 

युवा संघको स्थापना त्यसको उद्धेश्य र आजको अवस्थामा युवा संघको भूमिकाको बिषयमा अनिल पटेलले प्रकाश पारेका थिए । उनले  युवाहरुको जमातले अन्याय अत्याचार र भ्रस्टचारको विरोध , बिचौलिया पूजीवादको  बिरोधमा दबाब मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए ।

 

  २०४७ ज्येष्ठ १  गते युवा संघ नेपालको स्थापना भएको हो । कार्यक्रममा  समाजवादी प्रेस संगठन का केन्द्रिय सल्हकार राघव साह, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय उपाध्यक्ष आकाश पटेल र नेपाल पत्रकार महासंघ पर्साका सह सचिव अजय चौरसिया  राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, मदन कुर्मी र मानव सेवा आश्रमका प्रबन्धक दिवेश प्रशाद मानवी ,राम अयोध्या पटेल  प्रताप पटेल,दीपक साह, राम नारायण,  पटेल,सकलदेव यादव, रणजीत यादव, प्रेम यादव,राम पटेल, प्रदीप कुशवाह, छोटु पटेल,कन्हैया साह, विस्वाजित सिंह, उपेन्द्र पटेल,विशाल यादव ,आयुष श्रीवास्तव, दीपेन्द्र पटेल, सुग्रीम पटेल लगायतका उपस्थीत रहेको थियो। कार्यक्रम संचालन विशेश्वर पटेल ले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.