logo

पर्सामा फोरम नेपालको  क्षेत्रीय भेला सम्पन्न

      8/8/2018 गते 00 00 मा प्रकाशित     1352   पटक पढिएको

बीरगंज २३ साउन ।

 संघीय समाजवादी फोरम नेपाल पर्सा क्षेत्र नं.४ को क्षेत्रीय भेला बुधबार धोविनी गाउँपालिकामा सम्पन्न भएको छ ।

क्षेत्रीय अध्यक्ष लालबाबु साहको सभापतित्वामा सम्पन्न कार्यक्रममा  प्रदेश्सभा सदस्य सिंघसान साह कलवार  प्रदेश सरकार संग जनताको लागि अधिकार र बजेट माग्न व्यस्त भएका कारण आफुले क्षेत्रमा समय दिन नसके बताए । उनले  आगामी दिनहरुमा धेरै समय क्षेत्रका जनताहरु संग बिताउने प्रतिवद्धता जनाए  ।

 

उनले प्रदेश सरकारबाट आफुले पर्सा क्षेत्र नं. ४ को विकासका लागि एक अर्व भन्दा बढीकोको योजना प्रस्तुत गरेको जानकारी दिए ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपाल मधेस प्रदेश कार्यसमितिका सचिव सलाउदिन अहमदले केन्द्रले गरेको परिपत्रको बारेमा जानकारी गराउदै केहि तत्वहरु संघियता विफल गराउनु लागि परेको बताएका थिए ।

 

उनले संघीयता विफल गराउने त्यस्ता तत्वहरुलाई समाजवादी फोरम नेपालले कुनै हालतमा नछोड्ने चेतवानी समेत दिएका थिए ।

कार्यक्रममा  प्रदेश नं. २ नीति आयोगका सदस्य मोहनलाल चौधरीले प्रदेश नं.२ ले तयार पारेको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने केन्द्रिय सदस्य सिपू तिवारीले फोरम नेपालले हासिल गरेको उपलब्धि ऐतिहासिक रहेको बताएका थिए । 

 

कार्यक्रममा जिल्ला सदस्य तबरेज अहमद, कृष्णमोहन यादव, सरिफ गद्दी, रामबाबु चौरसियालगयातको उपस्थिति रहेको थियो ।  कार्यक्रममा फोरम नेपालका प्रर्सा जिल्ला प्रवक्ता रामनरेश यादवले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रम संचालन रामबाबु यादवले गरेका थिए ।


यसैगरि क्षेत्र नं१ को क्षेत्रीय भेलाको वीरगजको गोपाल मण्डलीमा सम्पन्न भएको छ । कार्यक्रममा सासद तथा पार्टी पर्साका अध्यक्ष प्रदीप यादव   प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले केन्द्रीय सर्कुलर वाचन गर्दै सोही अनुरुप अगाडि बढ्न सहभागीहरुलाई जानकारी गराएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.